सन्राइज बैंकको शाखा स्थान्तरण



काठमाडौं (नेस)
सन्राइज बैंकले चितवन जिल्लाको रत्ननगर नगरपालिका– २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मिटर को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

उक्त उद्घाटन समारोहमा बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादवलगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटीएम, २८ वटा शाखारहित बैंकिङ सेवा र ४ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ५ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बंैकिङ तथा इन्भेष्टमेन्ट बंैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्