राष्ट्रको आर्थिक विकासमा हुलाकी सडक



श्रीमन नारायण
मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्ने पूर्व–पश्चिम हुलाकी सडकको अपेक्षित विकास हुन नसकेको कारण राष्ट्रको विकास गति पनि अवरुद्ध भएको छ । तर विगत केही वर्षयतादेखि दक्षिणी छिमेकी राष्ट्र भारतको सहयोग तथा नेपाल सरकारसमेतको प्रयासमा यसको निर्माण कार्य थालिएको छ । भारत सरकारको ८ अर्ब रुपियाँको अनुदानमा हुलाकी राजमार्गअन्तर्गतको तराई सडक निर्माण कार्य प्रगतिमा रहेको देखिन्छ । नेपालको आर्थिक विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

नेपाल एउटा कृषिप्रधान देश हो । कुनै बेला दुनियाँका चामल निर्यात गर्ने मुलुकमा नेपालको पाँचौं स्थान थियो, जसमा तराईको योगदान सर्वाधिक मानिन्थ्यो । त्यसैले यस मूभागलाई अन्नको भकारी पनि भन्ने गरिन्थ्यो । तराईका किसानहरु हुलाकी सडकको माध्यमबाट आफ्नो उत्पादनलाई सजिलै बजारसम्म पु¥याउने गर्दथे तर विगत चार–पाँच दशकदेखिको उपेक्षाका कारण यस सडकको अवस्था जर्जर रहेको देखिन्छ । अहिलेको जस्तो पूर्णरुपमा बस्ती विकास नभइसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौंपहिले यो हुलाकी बाटो अस्तित्वमा आएको थियो ।

चिठीपत्र बोक्ने हुलाकी एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सीधा बाटो नक्सांकन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो । जंगल, झाडी, पर्ती, बुट्यानमा बनाएको हुलाकी सडक यात्रुको चापसँगै बिस्तारै फराकिलो हुँदै गयो । बस्ती विकास र यातायातको सुविधा भएपछि कतिपय हुलाकी सडकहरु पक्की सडकमा परिणत भए भने अधिकांश अस्तित्व नामेट भएर इतिहास बनिसकेका छन् । कतिपय ठाउँका सडकहरु न त पक्की नै बनेका छन्, न त अस्तित्व नै समाप्त भएको छ । तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामहरुलाई छुने यो हुलाकी सडकलाई पदम रोड पनि भनिन्छ ।

हुलाकी सडकको नाउँमा चुनावी राजनीति पनि पर्याप्त भएको देखियो तर चुनाव सकिनेबित्तिकै ‘खोलो त¥यो लौरो बिर्सियो’को उक्ति चरितार्थ हुँदै आएको छ ।
हुलाकी सडक आज पनि कतिपय जिल्लाहरुमा निरन्तररुपमा प्रयोगमा आइरहेका छन् । अहिले पनि कतिपय जिल्लाको विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आवश्यक हेरचाह, मर्मत एवं निर्माण तथा सरकारी सहयोगको अभावमा यस ऐतिहासिक सडकले आफ्नो अस्तित्व र इतिहास पनि गुमाउने अवस्थामा पुगेको देखिन्छ ।

पूर्व–पश्चिम राजमार्ग अहिले जुन ठाउँमा छ, त्यसको सट्टा तराईको दक्षिणी भेगको हुलाकी सडक भएको ठाउँमा सो राजमार्ग भएको भए वन विनाशलाई पनि रोक्न सकिन्थ्यो । यसबाट पर्यावरण पनि अनुकूल रहन सक्ने थियो । तराई क्षेत्रको अर्थ व्यवस्था पनि खराब हुने थिएन ।

हुलाकी सडकको विकासका नाउँमा नेपाल सरकारद्वारा छुट्याइने बजेटको मात्रा साह्रै न्यून हुने गरेको कारण यसको उपयोग कहाँ, कति र कसरी गर्ने ? भन्ने प्रश्न प्राविधिकहरुसमक्ष उठ्नु अस्वाभाविक होइन । कतिपय कारणले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको अवस्थामा यो हुलाकी सडकले राष्ट्र र जनताका आवश्यकतालाई सजिलै पूर्ति गर्ने अवस्था रहेको देखिन्छ । यसबाट मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा मिल्न सक्छ ।

कतिपय जिल्लामा आज पनि हुलाकी सडकको विकल्पमा अर्को मार्ग रहेको छैन । निर्विकल्प अवस्थामा रहेको यस सडकको निर्माण तथा मर्मत सम्भारततर्फ पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । विगतमा हुलाकी सडकको विकासमा बढी ध्यान दिइनुपर्ने थियो । विगतमा हुलाकी सडकको विकासमा बढी ध्यान दिइनुपर्नेमा जंगलको मध्य भएर राजमार्ग बनाइएको कारण हुलाकी सडकको विकास त अवरुद्ध भयो नै, यसले मुलुकको अर्थतन्त्रलाई पनि कमजोर बनायो । जंगलको मध्य भएर राजमार्गको निर्माण भएको कारण यसले एकातिर वन विनाशलाई प्रोत्साहन ग¥यो भने अर्कोतिर यसबाट भूक्षय र भूस्खलन भई नदीनालाहरुका उब्जाउ ममिलो माटोको सट्टा बालुवा नै कृषियोग्य जग्गामा पुरिन लागेकोले तराईका विभिन्न भाग मरुभूमिमा परिणत हुँदै छन् । यसबाट कृषिक्षेत्रको उत्पादकत्वमा अप्रत्यासितरुपमा कमी आएको देखिन्छ ।

पूर्व–पश्चिम राजमार्ग अहिले जुन ठाउँमा छ, त्यसको सट्टा तराईको दक्षिणी भेगको हुलाकी सडक भएको ठाउँमा सो राजमार्ग भएको भए वन विनाशलाई पनि रोक्न सकिन्थ्यो । यसबाट पर्यावरण पनि अनुकूल रहन सक्ने थियो । तराई क्षेत्रको अर्थ व्यवस्था पनि खराब हुने थिएन । वर्तमान अवस्थामा महेन्द्र राजमार्गले पनि आफ्नो भूमिकाको सार्थक निर्वाह गरिरहेको देखिन्छ । तथापि हुलाकी सडकको समुचित सदुपयोग गर्न सकिए यो राष्ट्र र जनताको आर्थिक समृद्धिमा कोसेढुंगा साबित हुन सक्छ ।

मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना भएको झन्डै तीन दशकमा पनि अस्तित्वमा आएका सरकारहरुले हुलाकी सडकको विकासमा खासै ध्यान दिएनन् । फलस्वरुप तराईको अर्थ व्यवस्थाको साथै समग्र मुलुककै आर्थिक प्रगति पनि अवरुद्ध हुँदै आएको देखियो । जबकि हुलाकी सडकको मर्मत एवं निर्माणका लागि र यसको सुचारु सञ्चालनका लागि वर्षौंदेखि स्थानीय जनताले आवाज उठाउँदै आएका छन् । आमजनताको यस चाहनालाई मूर्तरुप दिने काम हुन सकेन । भारतीय राजदूतावासबाट नेपालको तराई क्षेत्रको सडक निर्माणका लागि प्रतिबद्धता व्यक्त भएबाट हुलाकी सडकको विकास हुने सम्भावना उत्पन्न भएको छ । नेपालको चौतर्फी विकासमा सहयोग पु¥याउँदै आएको छिमेकी राष्ट्र भारतले हुलाकी सडकको विकास निर्माणमा पनि सहयोग गर्नु स्वाभाविकै हो ।

नेपाल सरकार एवं भारत सरकारबीच भएको सहमतिअनुसार झन्डै १५ सय किलोमिटर लामो हुलाकी सडक निर्माण भारत सरकारले गर्ने भएको छ भने नेपाल सरकारले हुलाकी सडक तथा यसमा पर्ने नदी तथा खोलाहरुमा पुलको निर्माण गर्ने भएको छ । साथै अन्य अवरोधहरुलाई पनि नेपाल सरकारले हटाउनेछ । यस दिशामा सन्तोषजनक काम भएको देखिन्छ भने बाँकी काम प्रगतिमा रहेको देखिन्छ । धनुषा, बारा, महोत्तरी, मोरङ, सप्तरी, दाङ तथा पर्सा जिल्लामा हुलाकी सडकको निर्माण कार्यले गति प्राप्त गरेको छ । १ हजार ७ सय ९२ किलोमिटर दूरीको उक्त राजमार्गअन्तर्गत भारतले २ सय ९९ किलोमिटर र २ सय ६ किलोमिटर सडकको निर्माण तत्काल नेपाल सरकारले गर्न लागेको छ ।

हुलाकी सडकको मर्मत, निर्माण एवं सुसञ्चालनबाट यसको सर्वाधिक फाइदा तराईका किसानहरुलाई हुनेछ । नेपाली किसानहरु आफ्नो उत्पादनलाई बजारसम्म पु¥याउन एउटा समुचित सडकमार्गको खोजीमा व्यग्र रहेका छन् । उनीहरुको यस उद्देश्यमा हुलाकी सडक नै महत्वपूर्ण साबित हुन सक्छ । तराईका प्रायजसो जिल्ला सदरमुकामहरु दक्षिण भेगमा छन् । हुलाकी सडक पनि ती जिल्ला सदरमुकामहरुको नजिकबाट गएको छ । त्यसैले यहाँका किसानले मेहनत गरी उब्जाएका खाद्यान्न, तरकारी, फलफूल आदिको समुचित मुल्य प्राप्तिका लागि स्थानीय बजारमा सजिलै पु¥याउन सक्छन् ।

वर्तमान अवस्थामा किसानले आफ्नो उत्पादनको समुचित मुल्य पाउन नसकेको कारण कृषि पेसाप्रति नै उदासीन हुन गएको देखिन्छ । मुलुकलाई अन्न खुवाउने किसान अर्थात् अन्नदाता नै यसरी आफ्नो पेसाबाट विमुख भई अन्यत्र ध्यान केन्द्रित गर्दा राष्ट्रसामु थुप्रै समस्या उत्पन्न हुन सक्छन् । तसर्थ नेपाली किसानको समस्यामाथि गम्भीरतापूर्वक ध्यान दिनुपरेको छ ।

झन्डै २ हजार किलोमिटर लामो यस पूर्व–पश्चिम हुलाकी सडकको मर्मत एवं निर्माण कार्यमा पर्याप्त ध्यान दिई यसको सुसञ्चालन हुनु आवश्यक भएको छ । यसले देशको आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्