फेडेररको १ सयौं उपाधि



गत शनिबार दुबई टेनिस च्याम्पियनसिप जितेर रोजर फेडेररले आफ्नो करिअरमा शतकौं उपाधि हात पारेका थिए । १ सयौं उपाधि जित्ने उनी अमेरिकी लिजेन्ड जिमी कोनर्सपछिका खेलाडी हुन् । यसको मतलब यो कोसेढुंगामा पुग्ने उनी दोस्रो टेनिस खेलाडी बनेका छन् । फेडेररले १९ वर्षको करिअरमा ३० सहर र १९ देशमा खेलेका छन् ।

स्विस खेलाडी फेडेररले पहिलो उपाधि १९ वर्षको उमेरमा सन् २००१ फेबु्रवरी ४ मा जितेका थिए । जुन उपाधि थियो मिलान इन्डोर्स ।

उनले जुलियन बउटरलाई हराएका थिए । उनले सबैभन्दा बढी ९÷९ उपाधि जितेको आफ्नै सहर बसेलको कोर्ट र जर्मनीको हले कोर्ट हुन् । ग्रान्डस्लामको कुरा गर्दा उनले विम्बल्डनमा ८ पटक उपाधि जित्न सफल भए । यस्तै अस्टे«लियन ओपन छ पटक, युएस ओपन ५ पटक र फ्रेन्च ओपन एक पटक जिते । उनले ग्रान्डस्लाम करियरमा २० उपाधि जितेर पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम बटुल्ने खेलाडी बनेका छन् ।

यस्तै फेडेररले १ सय उपाधिमध्ये युरोपमा ५० उपाधि जितेका छन् । अन्य उत्तर अमेरिकामा २४, एसियामा १८ र अस्टे«लियामा ८ उपाधि उनले हासिल गरे । हालसम्मको तथ्यांक निकालेकोमा उनले ३० सहरमा खेलेका छन् । यस्तै ५ सय ४८ म्याच खेलेका छन् । उनले ८३ हजार ३ सय २ अंक जुटाएका छन् भने विजयी अंक ४६ हजार ५ सय ८ हासिल गरेका छन् । यसैगरी उनको ¥याकेटबाट विभिन्न कोर्टमा ४ हजार ३ सय ७८ एस प्रहार भएका छन् । उनले कोर्टमा ५२ हजार १ सय ५२ मिनेट बिताएको जनाएको छ ।

फेडेरर अहिले ३८ वर्षको भएका छन् । दुबईमा १ सयौं उपाधि जितेपछि कोनर्सको कीर्तिमान तोड्न अझै १० उपाधि जित्न आवश्यक छ उनलाई । कोनर्सले १९७२ देखि १९८९ को समयमा कूल १ सय ९ उपाधि जितेका थिए । फेडेररले कोर्नसको कीर्तिमान तोड्ला कि तोड्दैन भन्नेमा अहिले सबैको नजर परेको छ । यस्तै फेडेररका कडा प्रतिद्वन्द्वी खेलाडीद्वय स्पेनका राफाल नाडाल सर्वाधिक उपाधि जित्ने सुचीमा चौथो स्थानमा रहेका छन् । उनले ८० उपाधि जितेका छन् । त्यस्तै सर्बियाका नोभाक जोकोभिचले हालसम्म ७३ उपाधि जितेका छन् ।

फेडेररकोे सबैभन्दा सफल वर्ष सन् २००६ थियोे । त्यो वर्ष उनले ३ ग्रान्डस्लाम (अस्टे«लियन, विम्बल्डन र यूएस ओपन) सहित १२ उपाधि जितेका थिए । उनको सबैभन्दा खराब वर्ष सन् २०१६ थियो । उक्त वर्ष उनले एउटा मात्र उपाधि जितेका थिए । सन् २००४ मा विश्व नम्बर एक बनेका फेडेररले ६ स्पेल गरी ३ सय १० हप्ता शीर्ष स्थानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्