भारत र पाकिस्तानका प्रतिनिधिमण्डल बैठक शुरू



नयाँदिल्ली ।
भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ ।

करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाँउ दुवै देशको सिमानामा पर्दछ ।

स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोरसम्वन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा सुरु भएको हो ।

दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसार भन्ने ठाउँमा पुगेका थिए ।

“करतारपुर करिडोर बनाउने सपना पुरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यही अनुसार छलफल हुनेछ,” विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भन्नुभयो ।

शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५०औ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्धेश्यले बैठक सुरु भएको अधिकारीहरुले बताएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्