यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ



बारा । महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाको श्रीमान रहेको प्रहरीको भनाइ छ ।

कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सूचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनार्इ छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघिदेखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

निजगढस्थित गुरुङ होटेलबाट साझ ५ः३० बजे प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्