दुई निर्माता संघ एक



फिल्म निर्माताहरूको छाता संगठनका रूपमा रहेका दुई संगठन नेपाल चलचित्र निर्माता संघ र विभाजित अवस्थामा रहेको चलचित्र निर्माता संघ नेपालबीच विधिवत् रूपमा एकीकरणको प्रक्रिया पँरा भएको छ।

विभिन्न ९ बुँदामा सहमति गर्दै दुई संघ एकीकरण भएको हो। सहमतिमार्फत नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालबीचको एकीकरणलाई बुधबारकै मितिदेखि लागँ हुने गरी वैधानिकता प्रदान गर्दै नेपाल चलचित्र निर्माता संघको आगामी चैत २ गते राजधानीमा हुने १५औं वार्षिक साधारणसभाअगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी गरिनेछ। सहमतिअनुसार चलचित्र निर्माता संघ नेपालले तोेकेको ३ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघको विधानअनुसार कार्यसमिति सदस्य पदमा मनोनित गरिनेछ भने चलचित्र निर्माता संघ नेपालले तोकेको अर्को २ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघको विधानअनुसार वरिष्ठ उपाध्यक्षसहित १ उपाध्यक्ष पदमा मनोनित गरिनेछ।

त्यसै गरी राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयन गराउनका लागि पहल गरिने, बक्स अफिस कार्यान्वयनमा जोड दिइने, फिल्म निर्माताले सिनेमा भवनबाट ६० प्रतिशत शेयर पाउने वातावरण तयार पार्न पहल गर्ने, निर्माताले भुक्तानी गर्दै आएको सर्भर शुल्क शतप्रतिशत मिनाहा गराउन उचित पहलकदमी गर्ने, बुधबारबाट सम्पँर्ण कामकारबाही नेपाल चलचित्र निर्माता संघका छातामुनि रहने गरी निर्माताहरूलाई गोलबद्ध गरिने र नेपाल चलचित्र निर्माता संघको विधानमा भएको व्यवस्थालाई समयानुकँल संशोधन गरिने सहमति भएको छ।

‘नेपाली चलचित्र उद्योगको सर्वांगीण विकासलाई मार्गप्रशस्त गर्ने दिशामा यो एक ऐतिहासिक दस्तावेजका रूपमा इतिहासमा दर्ज हुनेछ र विगतका तमाम असमझदारीको अन्त्य हुनेविश्वासका साथ ९ बुँदे सहमति गरिएको छ।’ –नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्