नदिएमा मेरो राजा जान्छु म भागेर



यो वर्षका लागि बिहेको लगन बुधबारबाट सकिए पनि लगनको महिना बोलको पञ्चेबाजा गीतले लोकप्रियता कमाइरहेको छ।
फागुनको बिहेको लगनको अवसर पारेर हालै सार्वजनिक गरिएको गीतले लोकप्रियता पाएको हो। गायक गायिका प्रेम पाठक क्षेत्री र गायिका अनुजा पुडासैनीको स्वर रहेको गीतमा लय र शब्द पनि विमल पाठक क्षेत्रीकै रहेको छ। विवाहको मौसम पारेर सार्वजनिक गरिएको गीतमा विवाहको दृश्य पनि समावेश गरिएको छ। गीतको भिडियोमा रमेश श्रेष्ठ दुलहा बनेका छन् भने सुस्मिता क्षेत्री दुलही बनेकी छिन्। साथमा मोडलहरू अर्जुन खड्का र करिश्मा ढकालको अभिनय रहेको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कदमबास भिरकुनामा छायांकन गरिएको मौलिक लोक पञ्चेबाजा गीतमा विवाहका विभिन्न शब्दहरू समावेश छन्। भिडियोलाई निर्भाना कला केन्द्रले बजारमा ल्याएको हो। गोपाल थापाले निर्देशन गरेका भिडियोमा छायांकन सुरेश श्रेष्ठ, सम्पादन शक्तिप्रज्वल घिमिरे र दृश्य निर्माण निर्भाना कला केन्द्रको रहेको छ।

लगन महिना मेरी सानु घुमेर आयो
खाली सिउँदो मेरी सानु रंग्याउन मन लाग्यो।
पुरुष स्वर भएपछि गीतमा महिला स्वर गुन्जिन्छ
डर लाग्छ मेरो राजा दिन्नन् कि मागेर
नदिएमा मेरो राजा जान्छु म भागेर।

प्रतिक्रिया दिनुहोस्