पहिलो मंगल यात्री महिला हुने



वासिङटन (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सबैभन्दा पहिला एक महिलाले पाइला टेक्न सक्ने जनाएको छ । नासाका पशासक ह्वाइल ब्राइडेनस्टिनले उक्त कुरा बताउँदा कुनै ब्यक्तीको पहिचान भने गरेको छैन ।

तर उनले अमेरिकी अन्तरिक्ष एजेन्सीको भावी परियोजनामा महिलालाई अगाडी राखिएको छ । चन्द्रमामा पनि पहिलो पटक महिला अवतरण गराइने विषयमा सोधिएको प्रश्नको जवाफमा ब्राइडेनस्टिनले भने– निश्चित रुपमा हुन सक्छ । मंगल ग्रहमा मात्र होइन चन्द्रमामा जाने अर्को ब्यक्ती पनि महिला हुन सक्नेछ ।

विज्ञान तथा प्रविधि रेडियो कार्यmम साइन्स फ्राइडेलाई हालै दिएको अन्तरवार्तामा भने– यो सबै साँचो हो कि मंगलग्रहमा पहिलो ब्यक्ती पनि महिला हुन सक्छ ।

नासाले हालै मात्र यसै महिनाको अन्तसम्मा उसको स्पेसवाक तयार हुने र जसमा सबै महिला हुने तथा अन्तरिक्ष यात्री एने म्याकक्लेन तथा क्रिस्टिना कोचलाई अन्तरिक्षको यात्रा गर्ने अवसर प्राप्त हुने छ ।

उनले भने – मार्चामा हाम्रो अन्तरिक्षमा पैदल यात्रा हुनेछ जसमा सबै महिला हुनेछ । यो महिना वास्तवमै राष्ट्रिय महिला महिना हो । त्यसैले नासा हामीसँग प्रतिभाका विस्तृत तथा विविधताले भरिएको समुह भएको प्रमाणित गर्न प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्