जापानमा भिडियो गेम ‘ जजमेन्ट ’ को बिक्रिमा रोक



टोक्यो,(एजेन्सी)
गेम्स कम्पनी सेगाले जापानमा आफ्नो ‘ जजमेन्ट ’ नामक भिडियो गेमको बिक्रि माथि रोक लगाउने भएका ेछ । यस भिडियोका नायकको रुपमा देखा परेका पिएर्रे ताकी लागु औषध प्रयोग गरेको अभियोगमा पक्राउमा परेको कारण सेगाले यो निर्णय गरेको हो ।

यस भिडियो गेममा ग्याँगस्टर भुमिका निभाएका ताकीलाई मंगलवार राति कोकिन प्रयोग गरिरहेको आशंकामा प्रहरीले गिरफतार गरेको थियो । जजमेन्टको सन् २०१८ को डिसेम्वर देखि जापानमा बिक्रि वितरण शुरु भएको थियो । यसलाई सैवर्षको उत्तरार्धदेखि विश्भरि नै सार्वजनिक गरिन लागेको हो ।

सेगाले जापानमा जजमेन्टको सिपमेन्ट र डिजिटल बिक्रि रोकने तथा यस खेलसंग सम्बन्धित सम्पुर्ण टिवट्स समेत डिलिट गर्ने जनाएको छ । जापान टाइम्सका अनुसार वास्तविक नाम मासानोरी ताकी रहेका ५१ वर्षिय उनले राजधानी टोक्यो अलिकति कोकिन सेवन गरेको स्विकार गरेका छन् ।

यो घटना सार्वजनिक भए लगत्तै जापानी प्रहरीले ताकीको कारा र घरमा व्यापक खानतलाशी लिएको थियो । पक्राउ पछिको अनुसन्धानको क्रममा उनको पिाबमा कोकिनका अवशेष फेलापरेको सरकारी अधिकारीहरुले बताएका छन् । जापानको प्रचलित कानुन अनुसार साथका कोकिन राख्ने जोसुकैलाई सात वर्ष लामो कारवास संजाय हुन सक्छ ।

अभिनेता ताकी पप ग्रुप डेन्की ग्रुभका सदस्य पनि हुन् । साथै उनी डिस्नी फ्रोजनको जापानी संस्करण स्नोम्यान ओलाफको भ्वाइस पनि हुन् । वास्तवमा भिडियोमा रहेको उनको चर्चित भुमिकाकै कारणले उनी यसरी अत्यन्तै विवादमा तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्