बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि



काठमाडौं, नेस
नेपालको निजी हवाई सेवा क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि गर्ने भएको छ । वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको भए पनि भारतमा लोक सभाको निर्वाचनको कारण देखाउँदै कम्पनीले उडानको समय पर सोरेको हो ।

बुृद्ध एयरले बुृधबार एक प्रेस विज्ञप्ति जारिी गदै भनेको छ, भारतमा लोक सभाको निर्वाचनको कारण तोकिएको समयमा उडान तालिकामा हेरफेृर गरेको जनाएको छ । लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुृँदै छ ।

बुृद्धले कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिकाभने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने छ ।

भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको कम्पनलिे जनाएको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

बुध्द एयर निजी क्षेत्रद्वारा सञ्चालित सबैभन्दा अग्रणी वायुसेवा कम्पनी हो । हालसम्म कम्पनीले देश विदेश गरि करोडौं यात्रुहरुलाई सेवा प्रदान गरिसकेको छ । बुध्द एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र २ वटा बीचक्राफ्ट जहाज सन्चालनमा छन् । थप अर्को एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

२४ हजारमै काठमाण्डौ–कोलकाताको दोहोरो उडान गर्ने योजना कम्पनीको छ । बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान गदै आएको छ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान गर्ने योजना छ ।

कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । यसले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन र विकासमा टेवा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्