गैर आवासीयको सहयोगमा निः शुल्क स्वास्थ्य शिविर



बाजुरा ।
सुदुर पश्चिमेली नेपाली समाज अन्तराष्टिीय समन्वयसमितिको सहयोगमा र बुडिगंगा नगरपालिकाको संयोजनमा बुढिगंगा स्वास्थ्य चौकी टांटेमा आजदेखि निसुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । दुुई दिनसम्म सञ्चालनहुने उक्त सिविरमा महिलाको स्वास्थ्य अवस्थालार्ई मध्यनजर गरी आंङ्ग खस्ने (पाठ्यघर)सम्बन्धी उपचार भैरहेको सुदुपश्चिमेली नेपाली समाजका अध्यक्ष धनवहादुर बलायरले वताउनुुभएको छ ।

दुुईदिन सम्म सञ्चालन हुने उक्त सिविरमा आज पहिलो दिन मंगलवार अप्रान्ह सम्म ५ सय ३८ले नाम दर्ता गराएका छन् । ३५९ विरामीको चेकजांच भएको छ । जस्मा सेकेन्ड डिग्रमा २४ , थर्ड डिग्रीमा २१ , चौथो डिग्रीमा २ जना विरामी रहेको र बांकी अरु सामान्य रहेको वताईएको छ ।

त्यसैगरी विगत ६वर्ष देखि रिङ्गपेसेरी अर्थात योनागंमा रवरको चुरी राखेको तर ननिकाल्दा समस्या उत्पन्न देखिएकोले सुविधायुक्त स्वास्थ्यमा पठाईने आयोजक संस्थाका सदस्य चेतन थापाले वताउनुचएको छ । डाक्टर संगिता भण्डारीका अनुसार ः जनचेतनाको कमी, बालविबाह र घर्यासीकामको चापका कारण पाठ्यघरका विरामी बढेको पायएको छ । “

चेकजांचका क्रममा अधिकांस विरामी सामान्य अवस्थामा रहेकाले औषधि दिएर पठाएका छौं ,गम्भीर प्रकृतीका केही बिरामीलाई सल्यक्रियाको लागि धनगढी रिफर गरि निसुल्क उपचार गराउने छौं । ” सिविरका आयोजक एबं नेपाली समाजका अध्यक्ष बलायरले बताउनुुभयो । बाजुराका प्राय महिलाको पाठ्यघर अर्थात आंङ्ग खस्ने विराम देखिएको डाक्टर विस्नु जैशीले बताउनुुभएको छ । तिनजना डाक्टर सहित दुुई नर्स र एकजना फार्मेसी लगायत ६ जना स्वास्थ्यकर्मी र १२ जना ब्यबस्थपन टिम गरी १८ जनाको टिम उपचारमा संलग्न रहेको आयोजक नेपाली समाजका नेपाल संयोजक चेतन थापाले वताउनुभयो ।

आर्थिक अभावका कारण सुविधायुक्त स्वास्थ्य संस्थामा गएर उवपचार गराउन नपाएका हामी महिलाका लागि सिविर निक्कै उपलब्धी रहेको बडिमालिका नगरपालिकाकी विस्ना विकले वताउनुुभयो । त्यसैगरी बिदेश बसेका दाज्युुभाईको सहयोगमा आफ्नै घरआंगनमा निसल्क स्वास्थ्य चेकजांच गराउन पाएकोमा हामी खुुशी छौं सेवाग्रही उमा उपाध्यले बताउनुुभएको छ ।

बैदेशिक रोजगारको सिलसिलामा कतार , दुुवै, मलेशिया, अमेरिका , जापान ,क्यानडा, वहराईन लगायत बिभिन्न देशमा काम गर्दै आएका गैह्र आवासीय नेपलीको सहयोगमा शिविर सञ्चालन भएको बताइएको छ । बाजुरा लगायतका सुदुरपश्चिम प्रदेशका नौवटै जिल्लामा निसुल्क स्वास्थ्य सिविर गर्ने वताईएको छ । डोटी, बझाङ्ग भन्दा बाजुरामा पाठ्यघरका विरामी बडि भेटिएको आयोजक बलायरल बताउनुु भएकोछ । देशमा रोजगार नापएर विदेशिय पनि हामीमा नेपालीमाटो र नेपालीनागरिकको माया छ ।

थोरै भएपनि केही सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ सुदुरपश्मिका लागि सुदुपश्चिेमेली भन्ने नाराका साथ विगत एक वर्ष देखि गैरआवासीय नागरिको पहलमा सामाजिक कार्य गर्दै आएको वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्