माईभ्याली गोल्डकपः हिमालयन शेर्पा सेमिफाइनलमा



गणेश घिमिरे, इलाम ।
हिमालयन शेर्पा क्लव इलाममा जारी पाँचौ अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार इलामको ठूलो टुँडीखेलमा भएको प्रतिष्पर्धात्मक खेलमा प्रतियोगिताको साविक विजेता थ्री स्टार क्लवलाइ तीन एक गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मध्यान्तर अगाडि थ्री स्टार क्लवका टीम क्याप्टेन अनिल गुरुड.ले १३ औ मिनेटमा पहिलो गोल गरि अग्रता लिएका थिए । हिमालयन शेर्पा क्लवका विजय श्रेष्ठले १९ औ मीनेटमा गोल गरी खेललाई बराबरीमा पुर्याए ।

मध्यान्तर पछि २३ औ मिनेटमा हिमालयन शेर्पा क्लवका त्रिदेव गुरुड.ले गोल गरे । २९ औ मिनेटमा सुनिल खड्काले हिमालयन शेर्पा क्लवको तर्फबाट तेस्रो गोल गरेका थिए ।

हिमालयन शेर्पा क्लवका खेलाडि उल्री सीवे आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत विहिबार दिउँसो तीन बजेबाट दाउफिन्स क्लव क्यामरुन र ससस्त्र प्रहरिको विभागिय टिम ए पी एफ बीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्