के ठिक के बेठिक ?



सीकेबारे टिप्पणी नगर्ने बिरलै छन् । राजनीतिमा चासो राख्नेले टिप्पणी गर्नु स्वभाविकै हो, अन्य क्षेत्रमा आवद्धहरु समेत टिप्पणी गर्न एकसे एक भा’छन् । यो माहोल देख्दा कुरो प्रष्ट के छ भने–राजनैतिक सचेतना चाहिँ पक्कै बढ्या छ ।

तर हर दिन हर रात राजनीतिकै पछि दौडिनेहरुको टिप्पणी सुन्दा धरहरालाई मात्रै होइन, धेरैलाई आश्चर्य लाग्न थाल्या छ । आफूलाई निकै बुज्रुक भन्न रुचाउने नेताहरको अपरिपक्व तर्कले धरहरा तिरिमिरी झ्याईँ हुन थाल्या छ । सीकेसँगको सहमतीमा कुनै शंका नगर्न, सरकारबारे अनावश्यक टिका टिप्पणी नगर्न पार्टीका शीर्ष नेता आग्रह ग¥या ग¥यै छन् ।

तर एउटै पार्टीका नेताको अनेकथरी तर्कले के ठिक के बेठिक पत्याउनै गाह्रो हुन थाल्या छ । सीकेसँग हातेमालो ग¥याहरु एउटा तर्क गर्छन् हातेमालो गर्न नपाएकाहरुको तर्क ठ्याक्कै विपरित छ । फरक तर्क राख्ने नेताहरुको कुरोमा पनि दम न’भा चाहिँ होइन है । तर सीके र सरकार वीच आज एउटा तर्क गर्ने अनि भोली अर्कै तर्क गर्ने दहिचिउरे देख्दा तीनले राजनीति चाहिँ अहिलेसम्म के सीके होला ?

अनि धरहरालाई लाग्या कुरा सीकेले सरकारसँगको सहमति विपरित निकै चुरिफुरी गरिराछन्, यसबारेमा प्रतिपक्षीले त सोझै आलोचना गर्ने नै भए । तर सत्तारुढ दलकै नेताहरले चाहिँ फरक मत राख्न पाउने कि नपाउने होला ?

प्रतिक्रिया दिनुहोस्