मन्त्रिपरिषद पुनर्गठनको तयारी भएको प्रचण्ड खुलासा



सरोज यादव, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सीके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आउनुभएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सीके राउतसँगको सहमतिबारे देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै नबोल्न आग्रह गर्नुभएको छ ।

‘कमिटीमा छलफल गरेर समस्या समाधान हुन्छ साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ’ दाहालले भन्नुभयो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहांले सरकारको ध्यान पृथकतावादी आन्दोलनमा लागेका मानिसलाई राष्ट्रिय एकतामा र संविधानको स्वीकार्यतामा ल्याउनेतर्फ रहेको बताउनुभयो ।

सिकेसंगको सहमतिबारे धेरै नबोल्न चेतावनी

उहांले भन्नुभयो–जुन परिवेशमा सरकारले यो समझदारी बनाएको छ राष्ट्रिय एकताको पक्षमा संविधानको कार्यान्वयनको पक्षमा सकारात्मक पहल भएको छ ।’ राउतसँगको सहमतिमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको उहांको भनाइ थियो ।

‘सरकारले भौगोलिक अखण्डताको पक्षमा गरेको पहल सकारात्मक हो, यसमा शंका गर्नुपर्दैन’ दाहालले भन्नुभयो–पार्टीले गरेको निर्णयमा मेरो समर्थन छ ।’
सरकारले सीके राउतसँग गरेको सहमतिमा प्रयोग भएको भाषा लगायतका बिषयमा सत्तारुढ दल नेकपामा विवाद देखिएको छ । दाहालले मन्त्रिपरिषदमा पुर्नगठनका विषयमा समेत प्रधानमन्त्री केपी ओली सँग छलफल भईरहेको बताउनुभयो ।

उहांले मन्त्रिमण्डलमा हेरफेरका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग बालुवाटारमा छलफल भएको खुलासा गर्नुभयो ।

पूर्व प्रधानमन्त्री दाहालले विगत एक वर्षको अवधिमा सरकारको कार्य सन्तोजनक रहेको वताउदै यस वीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानून लगायतका थुप्रै कार्य गरेको दावी गर्नुभयो ।

उहांले प्रदेशको अधिकार खोस्ने कार्य संघीय सरकारले गरेको भन्ने आरोप गलत भएको वताउदै संविधानमा उल्लेख भए अनुसारको अधिकार सातै प्रदेशलाई दिएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्