अपुग कर्मचारीको विवरण माग



सुनील महर्जन, काठमाडौ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहमा अपुग कर्मचारीको विवरण माग गरेको छ ।

मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै सो विवरण मागेको हो । कर्मचारी समायोजन अन्तिम चरणमा पुगिसक्दा पनि स्थानीय तहमा कर्मचारी अभाव भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सो माग गरेको हो ।
स्थानीय तहको सेवा सञ्चालनका लागि बा“की रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै पदको विवरणसहित स्थानीय तहलाई माग फाराम पठाउन परिपत्र जारी गरेको मन्त्रालयले जनाएको छ ।

प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तह रिक्त पदहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोक सेवा आयोगमा माग पठाउनुपर्ने कर्मचारी समायोजन ऐन, २०७५ मा रहेको व्यवस्था रहेको छ । सोही प्रावधानअनुरुप कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको मागेअनुसार प्रत्येक गाउ“पालिका, नगरपालिकाले स्थानीय तहमा कार्यरत कर्मचारी र हाल समायोजन भई आएका कर्मचारीको विवरणसहित रिक्त हुने पदको संख्या उल्लेख गरी विवरण पठाउनुपर्ने छ । सरकारले स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नया“ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुनसकेका छैनन् । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तहमा आवश्यक भन्दा नौ गुणा कम कर्मचारी समायोजन भएका छन् ।

स्थानीय तहमा कर्मचारी अभाव
अहिले देशभरका स्थानीय तहमा करिब १८ हजार कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ । नया“ गठन भएका नगरपालिकाहरु कर्मचारीहरुको अभाव, भौतिक संरचनाको अभावको समस्याले काम नै गर्न सकेको छैन।

काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा काजमा आएका कर्मचारी कार्यरत रहेका छन् । काजमा आएका कर्मचारीहरु संघको आकर्षक कार्यालयमा मौका मिल्ने बितिक्कै सरुवा भएर जाने गरेका छन् । यसले वडादेखि गाउ“पालिकाका दैनिक कामकाजहरु प्रभावित बन्दै आएका छन्। अझ त नया“ बनेका स्थानीय तहमा कर्मचारी अभावले गर्दा सेवा प्रवाह प्रभावित भएको अवस्था छ ।

संघमा कर्मचारीको संख्या २१ दशमलव ६ प्रतिशतका दरले कटौती गरिएको छ।तर पनि अत्यधिक कर्मचारी संघमै रहेका छन् ।
विषयगत कार्यालयहरु कृषि, स्वास्थ्य, पशु कार्यालय स्थानीय तहमा हस्तान्तरण गरिएपनि कर्मचारीहरु प्रभावकारी रुपमा खटाउन नसकेको मन्त्रालयले स्वीकारेको छ ।

‘जनताको सबै भन्दा नजिक रहेर काम गर्ने स्थानीय तहमा कर्मचारीको अभावले स्वीकृत कार्यक्रमसमेत गर्न नसकेको पाइएको छ । सरकारले बजेट र कार्यक्रम दियो, तर दक्ष कर्मचारी दिएन । ’धुलिखेल नगरपालिकाका प्रमुख समेत रहनुभएका नेपाल नगरपालिका संघका संयोजक अशोक ब्याञ्जुले भन्नुभयो । उहा“ले भन्नुभयो ‘स्थानीय तहमा भद्रगोलको अवस्था छ । ’

प्रतिक्रिया दिनुहोस्