एउटै कक्षामा चार वटा कक्षाको अध्यापन



सञ्जय कार्की, रौतहट ।
तराईको सुगम जिल्ला भनेर चिनिने रौतहटकै एक ििवद्यालयमा एउटै कक्षा कोठामा चार वटा कक्षाको अध्यापन हुँदै आएको छ । चन्द्रपुर नगरपालिका–१० पडहरिया स्थित जनप्रिय आधारभुत विद्यालयमा भौतिक पुर्वाधार रहेपनि एउटै कक्षा कोठामा २, ३, ४, र ५ कक्षाको अध्यापन हुने गरेको छ ।

एउटै कक्षा कोठामा विद्यार्थीहरु राखिएपछि उनीहरुको अध्यन प्रभाबित भएको छ । पाँच कक्षा सम्म अध्यापन हुने उक्त वद्यालयमा एक जना दरबन्दि सहित चार जना शिक्षक कार्यरत रहेका छन । तीन जना शिक्षिका भने राहतकोटाका हुन ।

भर्ना गरेको समयमा ६४ जना विद्यार्थी रहेपनि अन्यन गर्न आउनेमा १२ जना मात्रै रहेका छन । विद्यार्थीको संख्या न्युन हुदै गएपछि एउटै कोठामा अध्यापन गर्ने बन्दोबस्त मिलाइएको बिद्यालयका प्राध्यानाध्यापक वीरेन्द्र प्रसाद महतोले जानकारी दिनु भयो । विद्यार्थीको संख्या घटेपछि शिक्षक, शिक्षिका समेत तनाबमा रहेका छन ।

विद्यार्थीको घटदो क्रम रहेको सो विद्यालयको अबस्था कन्तबिजोग बन्दै गएको छ । भर्ना भएका बिद्यार्थी अध्यन गर्न नआउने गरेको गुनासो शिक्षिकाको रहेको छ । शैक्षिक सत्रमा भर्ना हुदा कक्षा २ मा ८ जना थिए तर अहिले विद्यालयमा २ जना मात्र आउने गरेका छन । यस्तै ३ मा ११ जना भर्ना भएकोमा ३ जना मात्र, ४ मा ७ जनामध्ये ४ जना मात्रै अध्यन गर्न आएका छन ।

यसैगरी कक्षा ५ मा १० जना भर्ना भएकोमा विद्यालयमा ५ जना मात्र अध्यन गर्न आएको विद्यालयको हाजिर पुस्तिका बाट पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्