यमनमा पछिल्लो ४८ घण्टामा भएको बमबारीमा २२ को मृत्यु : संयुक्त राष्ट्र



सना । उत्तरी यमनमा पछिल्लो ४८ घण्टामा भएको बमबारी हमलामा कम्तिमा २२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा १२ बालबच्चा र १० महिलाहरु रहेका छन् । संयुक्त राष्ट्रले यसबारे जानकारी दिएको हो । यद्दपि संयुक्त राष्ट्रले आफ्नो बयानमा हमलाको पछाडि कसको हात छ, यसबारे बताएको छैन । तर हुती विद्रोहीको मिडिया संगठनहरुले भने उक्त हमलाको पछि साउदी नीत गठबन्धनको हात रहेको आरोप लगाएको छ ।

साउदी नीत गठबन्धन यमन सरकारको तर्फबाट विद्रोहीहरुको विरुद्ध लडिरहेको गठबन्धन हो ।

प्रतिक्रिया दिनुहोस्