मायादेवीमा २२ वर्षपछि प्राप्त खुसीको सीमा छैन



मोतीराम तिमल्सिना, काभ्रे
पनौती नगरपालिका कुशादेवी घर भएकी ६३ वर्षीया मायादेवी अधिकारी २२ वर्षदेखि आङ खस्ने रोगबाट पीडित हुनुहुन्थ्यो। न कसैलाई उहाँले भन्न सक्नुभएको थियो न उपचार नै। कृषि पेशामा संलग्न मायादेवीको जीवनमा २२ वर्षपछि प्राप्त खुसीको सीमा छैन।

सिस्ट्रोइल युरेनियम पिस्टको माध्यमबाट योनीको हेट्रोटेक्टोमी गरिएपछि मायादेवीलाई नयाँ जीवन प्राप्त गरेको अनुभव भएको छ। सन् २०१८ अक्टोबर ३ मा उहाँको सर्जरी गरिएको थियो। ४५ वर्षकी छोरी भइसकेकी मायादेवीका तीन सन्तान छन्। २२ वर्षदेखि पीडित मायादेवीलाई आङको समस्या भन्ने थाहा थियो। ३७ वर्षकी अर्की छोरी र ३४ वर्षका छोराकी आमा मायादेवीको उपचारपछि सहजरूपले जीवनयापन भएको छ। सदरमुकामबाट १५ किमी टाढा मात्रै रहनुभएकी मायादेवी उपचार हुन्छ भन्ने थाहा भएर पनि रोग लुकाएर बस्नुभएको थियो।


दुई दशकदेखि अमेरिकाको सहयोगमा बनेपाको शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले महिलाहरूको आङ खस्ने समस्याको उपचार गर्दै आएको छ। उपचारलाई सहज र सरल तथा अझै परिस्कृत बनाउन धुलिखेलमा विभिन्न देशका विशेषज्ञसहितको गोष्ठी आयोजना गरिएको छ। अस्पतालले अमेरिकाको सहयोगमा हरेक वर्षको तीनपटक निःशुल्क शिविरको आयोजना गरी आङ खसेका महिलाहरूको निःशुल्क परीक्षण गर्ने र समस्या भएका महिलाहरूलाई अस्पतालमा ल्याई उपचार गरी फर्काउने गरेको छ। अस्पतालले उपचारका लागि ल्याउने, लैजाने र अस्पतालमा रहँदासमेत आवश्यक सुविधा उपलब्ध गराउँदै महिलाहरूको उपचारमा सहजता ल्याउने गरेको छ।

वार्षिक २ सयभन्दा धेरै महिलाले उक्त सेवाबाट लाभ लिइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ। ‘यसअघि निःशुल्क शिविर र शिविरपछि उपचार मात्रै गर्दै आएका थियौं’, अस्पतालकी डा. अन्जना अधिकारीले बताउनुभयो– ‘अब उपचारसँगै जनचेतना पनि फैलाउने अभियानमा छौं।’ महिलाहरूले कम उमेरमै विवाह गर्ने, बच्चा जन्माउने तथा गह्रौं भारी बोक्ने र खानपानमा ध्यान नदिँदा आङ खस्ने समस्याबाट पीडित हुने गरेका छन्।

ग्रामीण भेगका महिलाहरूमा देखिएको यो समस्या पछिल्लो समय शहरी क्षेत्रका महिलाहरूमा पनि देखिने गरेको छ। महिलाहरूमा आङ खस्ने रोगको समस्या भए पनि रोग ३ दशकभन्दा लामो समयदेखि लुकाई राख्दा समाजमा मुख देखाउनै गाह्रो भएको अनुभव सुनाउने गरेका छन्। आङ खस्दा महिलाहरूको योनीबाट सेतो गन्हाउने पानी बग्ने, ढाड दुख्ने, बस्दा गाह्रो हुने, काम गर्न असजिलो हुनेजस्ता समस्या देखिन्छन्। समयमै उपचार हुन सकेन भने क्यान्सरसमेत हुने गरेको छ। अस्पतालले आङ खस्नै नदिन जनचेतना फैलाउने र खसिसकेको आङको उपचारबाट ठीक गराउने दुवै अभियान शुरू गरेको बताएको छ। गोष्ठीको उद्घाटन बनेपा नगरपालिका नगरप्रमुख लक्ष्मीनरसिंह बादेले उद्घाटन गर्नुभएको थियो। स्वास्थ व्यक्तिको पहिलो धन भएकाले महिलाहरूलाई हरेक क्षेत्रबाट सक्षम र स्वस्थ बनाउन शुरू गरिएको यो अभियानलाई नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख बादेले बताउनुभयो।

धुलिखेलमा आयोजना गरिएको गोष्ठीमा नेपाल, जर्मनी, नेदरल्यान्ड, अमेरिकाका विशेषज्ञ प्रोफेसर डाक्टरहरूको सहभागिता रहेको थियो। प्रोफेसर डा. गीता गुरुङ, डा. अन्जना अधिकारी, डा. अरूणा उप्रेती, डा. लाइस हर्मसेन, डा. सुमिन ली, डा. थोमस हेजिमिर, डा. सहिन्दा भुजु, डा. तारालगायतले आङ खस्ने समस्यामा विशेषज्ञहरूको भँमिकाका बारेमा जानकारी गराएका थिए।

४० वर्षपछि हर्मोन कम हुनाले महिनावारी अनियमित हुँदै जान्छ। यो उमेरमा क्यान्सरको विकास पनि हुन हुन्छ। अहिलेको तथ्यांकलाई हेर्दा ५ प्रतिशतभन्दा कम महिलाले नियमित परीक्षण गर्छन् भने बाँकी समस्या जटिल भएपछि मात्र आउने गरेको पाइन्छ। उमेर नै नपुग्दै यौन सम्पर्कमा जाने, धँमपान बढी गर्ने, धेरै व्यक्तिसँग यौनसम्पर्क गर्नेजस्ता बानीले पछिल्लो समय सानै उमेरका व्यक्तिहरू पनि पाठेघरको समस्याको सिकार भई उपचारमा आएका हुन्छन्। ४० वर्षपछि दँधको परिकार र भटमासको परिकार बढी खानुपर्छ। यसले हर्मोन उत्पादनमा मद्दत गर्छ।

रिङ पेसरीमा किन जाने ?
पाठेघर खसेको महिलालाई रिङ पेसरी राख्नु भनेको केही समयलाई रोकथाम गर्नु मात्र हो, यो समस्याको पँर्ण समाधान होइन। यो अप्रेसन गर्नका लागि आवश्यक तयारी गर्नका लागि समय व्यवस्थापन गर्नका लागि गरिने विधि हो।

आङ खस्नु भनेको के हो ?
महिलाहरूको शरीरमा रहेका अंगहरू पिशाब थैली, पाठेघर वा दिशेआन्द्राले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनीमा जोडिनुलाई आङ झर्नु वा आङ खस्नु भनिन्छ। चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अंगहरूलाई अड्याई राख्ने मांसपेशी कमजोर भएर कमजोर हुँदै जानु हो। आङ खस्नुका विभिन्न कारण हुन सक्छन्, जसमध्ये सानै उमेरमा विवाह गर्नु, शरीर परिपक्व नहुँदै गर्भवती हुनु तथा बच्चा जन्माउनु, सानै उमेरमा धेरैपटक गर्भ रहनु र खेर जानु अर्थात् वर्षेनी बच्चा जन्माउनु साथै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको पँहुच नहुँदा स्वास्थ्यकर्मीको निगरानीबेगर घरैमा बच्चा जन्माउनु। यसो हुँदा लामो समयसम्म सुत्केरी बेथा लाग्नुले पनि आङ खस्ने समस्या निम्तिन्छ।

आङ खस्ने समस्या नेपालको कुन भेगमा किन बढी हुन्छ ?
तराईमा भन्दा पहाडी भेगमा आङ खस्ने समस्या बढी हुने गर्दछ। यसको प्रमुख कारण पहाडी भेगमा महिलाले गर्ने काम जटिल खालको हुनाका साथै उकालो, ओरालो भारी बोकेर बढी नै हिँड्नुपर्ने हुन्छ। स्वास्थ्य संस्थामा परीक्षण नगरी घरमै बच्चा जन्माउनुले आङ खस्ने समस्या अत्यधिक रहेको छ। यो अवस्थालाई स्वास्थ्य मन्त्रालयले सन् २००६ मा सार्वजनिक गरेको तथ्यांकमा ६ लाख महिला रहेको पाइएको थियो। यो निकै ठँलो जटिल समस्या भएको काठमाडौं विश्वविद्यालयय धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ प्राडा आभा श्रेष्ठ बताउनुहुन्छ। उहाँ थप्नुहुन्छ– ‘उमेर समँहअनुसार फरक–फरक किसिमका समस्याले गर्दा महिलाको पाठेघरको समस्या हुने गर्दछ।’ भारी धेरै बोक्नु, धँमपान बढी गर्नु, धेरै सन्तान जन्माउनुले पाठेघर खस्ने प्रमुख समस्या निम्त्याएको पाइन्छ। नियमित पेट दुख्ने, ढाड दुख्ने, पानी बग्ने, महिनावारीको सुरुआतदेखि महिनावारी सुक्दाको अवस्थासम्म जुनसुकै बेला पाठेघरको समस्या हुन सक्छ। त्यसैले प्रत्येक महिलाले वर्षमा एकपटक पाठेघरको परीक्षण गराएमा स्वस्थ जीवन जिउन सकिन्छ।

आङ खस्नबाट कसरी जोगिने ?
– विवाह २० वर्ष पारी भन्ने कानुनी 
मान्यताको पालना गर्ने।

-सानै उमेरमा बच्चा नजन्माउने।
-बच्चाको जन्मान्तर कम्तिमा ३ वर्ष 
अनिवार्य गर्ने।
-सुत्केरी हुनुपँर्व चिकित्सकको सल्लाहअनुसार
-समय–समयमा परीक्षण गराउने।
– गर्भवती भएदेखि बच्चा जन्मिएपछि पनि नियमितरूपमा पोषिलो खानेकुरा खाने।
– सुत्केरी अवस्थामा गह्रौं सामान नउठाउने।
– बच्चालाई उठाउँदा पनि टुक्रुक्क नबस्ने र घुँडा टेकेर हातको सपोर्ट लिएर बिस्तारै उठाउने।
– पिसाबमा संक्रमण हुन नदिने।
– धँमपानका कारण खोकी लागिरहनु वा दिसा कब्जियत हुनु पनि घातक हुने हुनाले यस्ता समस्याबाट जोगिनुपर्छ।

– सुत्केरीपछि कम्तिमा ६ महिनासम्म प्रशस्त आराम गर्ने र झोलिँदो तथा पोषिलो 
खानेकुरा खाने।
-गर्भवती भएदेखि नै स्वास्थ्य संस्थामा 
नियमित परीक्षण गर्ने।
-सरसफाइमा ध्यान दिने।
– खानपानमा ध्यान दिने।
– पेन्टी सके दैनिक नसके दुई दिनभित्र फेर्ने।
– प्याडको सट्टा कपडा प्रयोग गर्नु हुन्न।
– अनिच्छित गर्भ रहनु र असुरक्षित 
गर्भपतन गर्नु हुन्न।
– आकस्मिक आइपिल खानु हुन्न र यो परिवार नियोजनको साधन होइन।
– आफँले कति बच्चा जन्माउने र कति अवधिमा भन्ने निश्चित गर्नुपर्छ।
– बच्चा जन्माउँदा बढी बल प्रयोग गर्नु हुन्न। यसो गर्दा रक्तश्राव हुने समस्या हुन्छ, 
यसो हुन दिनुहुन्न।
– गर्भपतनको औषधि खाद्यान्न किनेजस्तो बजारबाट जथाभावी खरिद गरी जथाभावी प्रयोग गर्नु हुन्न।

प्रतिक्रिया दिनुहोस्