संगीतमा पञ्चामृत



गीतकार अर्जुन रत्न भिकारीको एकल शब्दरचना रहेको एल्बम पञ्चामृत सार्वजनिक गएिको छ। संगीतकार सुनील मास्केको एकल संगीतमा तयार भएको एल्बमलाई राजधानीमा एक कार्यक्रमबीच आइतबार गीत संगीतकर्मीहरू यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए।

५ गीत संग्रृहित एल्बम दर्शक तथा स्रोताका लागि पञ्चामृत सावित हुने विश्वास यससँग जोडिएको छ। गीतकार यादव खरेलले एल्बममा सबै किसिमका गीत रहेको चर्चा गरे। ‘अर्जुनजीको शब्दले सबै भाव व्यक्त गर्छ। त्यसैले नाम पनि सुहाएको छ’, उनले भने– ‘कम्पोज पनि उस्तै कर्णप्रिय छन्।’ उनले अघिल्लो वर्ष मात्र जय माया प्रेम नामक एल्बम सार्वजनिक गरेका थिए। ‘शब्द र संगीतलाई न्याय गर्ने स्वर छानिएको रहेछ’, कार्यक्रममा गायक दीप श्रेष्ठले शुभकामना दिँदै भने– ‘शब्द र संगीतलाई न्याय गर्ने स्वर खोज्नु नै पहिलो सफलता हो।
शब्दको भाव र संगीतको गुन्जलाई स्वरले न्याय गरेको छ।’ संगीतकार बास्कोटाले पनि एल्बमको तारिफ गरे। ‘समय सुहाउँदो शब्द र संगीत छ। त्यसैले पनि यो स्रोता र दर्शकको रोजाइमा पर्छ’, संगीतकार बास्कोटाले भने।

‘मैले गत वर्षदेखि रचना गरेको शब्दलाई गीतको रूप दिएको हुँु’, अर्जुनले भने– ‘यसमा सबै किसिमका गीत छन्।’ सुनीलले पनि अर्जुनको शब्द राम्रो भएकाले नै एकल कम्पोजमा एल्बम गर्न सहमत भएको बताए।

एल्बममा धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा ती झुटा बोलका ५ गीत संग्रृहित छन्। यी गीत सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले गाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्