लगानी सम्मेलनबारे स्पेनी व्यवसायीको चासो



दीपेन्द्र गजुरेल, स्पेन
नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनमा स्पेनका व्यवसायी सहभागी हुने भएका छन् । स्पेनस्थित नेपाली दँतावासले स्थानीय व्यवसायीसँग अन्तत्र्रिmया गरेपछि व्यवसायीले सम्मेलनमा भाग लिने बताएका हुन् ।

करिब २० जना व्यवसायीले सम्मेलनमा भाग लिन चासो देखाएपछि व्यवसायीको नाम र अन्य विवरण खुलाएर परराष्ट्र मन्त्रालय पठाइएको म्याड्रिडस्थित नेपाली दँतावासले जनाएको छ । औपचारिक निमन्त्रणा आउना साथ व्यवसायीलाई अवगत गराइने र निमन्त्रणापत्र हस्तान्तरण गरिने कार्यबहाक राजदँत हरिहरकान्त पौडेलले बताउनुभयो ।

दँताबासले लगानी सम्मेलनलाई लक्षित गर्दै आयोजना गरेको अन्तत्र्रिmयामा ४० भन्दा बढी स्पेनी व्यवसायी सहभागी थिए । ‘सम्मेलनलाई लक्षित गर्दै यहाँका व्यवसायीसँग अन्तत्र्रिmया गरिएको छ, अन्तत्र्रिmया पश्चात धेरै व्यवसायीले नेपालबारे चासो लिनु भएको छ, उहाँले भन्नुभयो–‘नेपालको पछिल्लो राजनीतिक अवस्था, सरकारले अघि सारेको लगानीमैत्री वातावरण, लगानी सुरक्षालगायतका बारेमा व्यवसायीलाई जानकारी गराइएको छ ।’

लगानीमैत्री वातावरण बनाउन सरकारले विद्यमान कानुन परिमार्जन गर्न लागेको बारेमा पनि दँतावासले अवगत गराएको पौडेलले बताउनुभयो । सम्मेलन आगामी चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुँदैछ । दँतावासले नेपालमा लगानी भित्र्याउने पहल थालेकोमा यहाँका नेपाली पनि उत्साहित बनेका छन् ।

म्याड्रिडका रेष्टुरेन्ट व्यवसायी एवम् गैरआवासीय नेपाल संघ (एनआरएनए) ग्रान क्यानरियाका निर्वतमान अध्यक्ष गगन कुँवर भन्नुहुन्छ–‘दँतावासको पहल सकारात्मक छ, नेपालमा वैदेशिक लगानी भित्र्याउन आगामी दिनमा पनि यस्तो किसिमको छलफललाई निरन्तरता दिन आवश्यक छ ।’ सम्मेलनलाई लक्षित गर्दै स्पेनका अन्य शहरमा पनि यस्ता कार्यक्रम आयोजना गरिएको खण्डमा त्यसले सकारात्मक सन्देश दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्