सोतोकानको कैलाली जिल्ला गठन



काठमाडौं, नेस
नेपाल सोतोकान कराते संघ (एसकेआई) को कैलाली जिल्ला कार्यसमिति गठन गरिएको छ ।

नेपाल सोतोकान कराते संघका केन्द्रिय अध्यक्ष एंव प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठ तथा जिल्ला खेलकूद विकास संघ कैलालीका पदाधिकारीको रोहवरमा नेपाल सोतोकान कराते संघ कैलाली जिल्ला कार्यसमिति गठन गरिएको हो ।

गठन गरिएको कार्यसमितिको अध्यक्षमा गया प्रसाद कुश्र्मा रहेका छन् । १३ जना सम्मिलित उक्त कार्यसमितिको उपाध्यक्षमा राजु बम, सचिवमा प्रताप सिंह चौधरी, सहसचिवमा दिपक चौधरी, कोषाध्यक्षमा जानकी चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्