स्टेच कुइन गिरी बुटवलमा सम्मानित



धनवीर दाहाल, बुटवल ।
स्टेच कुइनको रुपमा परिचित चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरी सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायिका गिरीलाई सम्मान गरेको हो ।

बुटवलमा प्रतिष्ठानले आयोजना गरेको ‘पाँचौँ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’मा गायिका गिरीलाई सम्मान गरिएको हो । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गिरीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

सम्मान पाएपछि गायिका गिरीले आफ्नो मात्र सम्मान नभएर लोक तथा दोहोरी क्षेत्रकै सम्मान भएको बताइन् । सम्मानले आफुलाई जिम्मेवारी थपिएको बताइन् । गायिका गिरीलाई देश तथा बिदेशमा भएका हरेक सांस्कृतिक कार्यक्रममा आफ्नो लोक गीत संगीतको दायराभित्र रहेर आफ्नै मौलिकता झल्किने भेषभुषा र अनुशासित गायिकाको रुपमा प्रतिष्ठानले सम्मानित गर्नुका साथै प्रमाणपत्र प्रदान गरेको हो ।

सम्मानित गायिका गिरीले लोक संस्कृतिको संरक्षण र प्रर्बद्धनमा दृड भएर लाग्ने बताएकी छन् । अवका दिनमा झनै आफुलाई हौसला थपिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्