सिके राउतसँगको सहमतिबारे सरकारले जवाफ देओस्ः रावल



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले शुक्रबार स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त (सिके) राउत र सरकारबीच भएको सम्झौता प्रष्ट पार्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै रावलले सहमति संविधानविपरीत भएको बताउनुभयो । रावलले सहमतिमा प्रयोग गरिएका शब्दको स्पष्ट व्याख्या गर्नसमेत सरकारलाई अनुरोध गर्नुभयो । ‘हिजोको दिनमा राउतले राष्ट्रिय एकता र अखण्डताका विषयमा विष बमन गरेको भएपनि ती कुनै कुरा फिर्ता लिनु भएको छैन , उहाँले अव नेपालको संविधान आत्मसाथ गरेको र संविधान अनुसार अघि बढ्न तयार छु भन्नुपर्छ’ रावलले भन्नुभयो ‘देशको सर्वोपरी हित, राष्ट्रहित अझ उचो पार्नेतर्फ सहमति भएको हो भन्ने देखिँदैन ।’

संसद्मा यो विषयमा सांसदहरुले पक्ष र विपक्षमा बोलेका थिए । राउत मधेशलाई छुट्याउनुपर्छ भन्ने अभियान चलाउँदै आएका थिए । सरकार र राउतबीच ११ बूँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्