काठमाडौंकी धुलमाडौं



काठमाडौ सभ्यताको कुरा गर्ने हो भने संसारभरका मान्छेले पहिले पहिले नेपालको उदाहरण दिने गर्दथे। खासगरी काठमाडौ उपत्यका शहरै सहरको राजधानी हो तर। अहिले त्यो परिचय फेरिएको छ। काठमाडौको परिचय बनेको छ। धुलमाडौ। काठमाडौ अहिले बिश्वका प्रदुषित सहरको नम्वर तीनमा परेको छ। तरपनि नेपालका नेताहरूमा लाज भने अलिकति पनि नदेखेपछि धरहरा तीन छन परेको छ।

मन्दिरै मन्दिरको शहरबाट धुलमाण्डौमा परिणत हुदापनि काठमाडौको सभ्यता जोगाउने तिर कुनै पनि राजनेताको ध्यान जान सकेन। उनीहरू भन्छन काठमाडौलाई संसरकै उत्कृष्ट शहर बनायउछौ। हैन संसरका यहां भन्दा कति उत्कृष्ठ हुनु काठमाडौ शहर बाटोमा हिड्दा मुख खुला गरेर हिड्न नसक्ने भइसकेको शहरलाई अझै कस्तो उत्कृष्टठ बनाउने हो धरहराले बुझेको भए मरी जाउं। लाज घिन नभएपछि जे बोलेपनि हुने नेताको संस्कार नेपालमा मात्रै होला कि संसारकै राजनेता यस्ता हुन्छन धरहरा जान्न चाहान्छ। लौन मनुवा हो यो बुढो धरहराको चित्त बुझ्दो जवाफ छ भने पाउंन।

हिजो यस्तो सुन्दर सहरको बीचमा मुलुकको इज्जत प्रतिष्ठालाई ख्याल गरेर बसेको धरहरा आज पुरै आफ्नो नामो नामेट हुनेगरी बस्नु परेकोमा चित्त द ुखाई छ है धरहराको यो पिडा बुझ्ने कोही राजनेता भए काठमाडौलाई सुधार गरिदेउन प्रभू। मानव जातीको कल्याणहोस ।

प्रतिक्रिया दिनुहोस्