शिव–पार्वतीको एकान्त वार्तालाप



पतञ्जलि–२४ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

शिव–पार्वती खेचर पर्वतस्थित सुरम्य तालको छेउमा पुग्दा नपुग्दै भगवान् शिवको अन्तःप्रेरणाले वरुणदेवले जलविहारका लागि सबै कुरा ठीकठाक पारिसकेका थिए। पानीबाट अलि–अलि बाफ उडेको देखिन्थ्यो। शिव दम्पतीको एकान्त जलविहार कसैले नदेखून् भनेर त्यो तालवरिपरि पर्खाल उठाएजस्तो गरी आकाशचुम्बी घना बाक्लो कुहिरो सृष्टि गरिदिएका थिए उनले। त्यस कुहिरोभित्र प्रवेश गर्नासाथ पार्वती र महादेवले एक–अर्कालाई देख्न सक्नुभएन।
‘महादेव ? स्वामी ? हजुर कता ⁄ लौ न मैले त केही देख्दिन ?’

‘मैले पनि केही देख्दिन महादेवी ? तिमी कता छ्यौ ?’

‘म त आफ्नो बाटो हिँडिरहेकी थिएँ, अचानक यो बाक्लो हुस्सुले निस्पट्ट केही नदेखिने गरायो।, छ्याः यस्तो ठाउँमा पनि केको जलविहार गर्नु ?’
‘हा…⁄ हा…⁄ हा… ⁄’ ठट्टाको शैलीमा शिवजी हाँस्नुभयो।
‘आफूलाई कस्तो डर लागिसक्यो। हजुरलाई ठट्टा पो छ। भो भो जलविहार न सलविहार, फर्कौं अब।’ पार्वतीले भन्नुभयो।

‘अब अलिकति केही अगाडि आऊ त उज्यालो भेटिन्छ।’

‘कहाँ अगाडि आउनु ⁄ लौ न नि ⁄ यतै कतै भड्खालोमा जाकिएला जस्तो भइसक्यो ⁄’
यत्तिकैमा पार्वतीलाई कसैले पछाडिबाट चपक्क पारेर अँगालोमा अँठ्यायो।
पार्वती डरले कहालिएर अत्तालिँदै चिच्याउनुभयो– ‘स्वामी ? अय्या मरें ⁄ मलाई त कसैले अँठ्यायो ⁄’
‘अरू कोही होइन, नडराऊ ⁄ म हो। यसो ठट्टा गरेको क्या ⁄’ शिवजीले भन्नुभयो।
‘यस्तो पनि काहीँ ठट्टा हुन्छ त ⁄ मेरो त मुटुको गति नै रोकिएला जस्तो भयो।’
पार्वतीको पाखुरा समाएर आधार दिँदै शिवजी केही अगाडि जानुभयो। कुहिरो पछाडि छुट्यो। अब वातावरण केही उज्यालो हुँदै गयो।
‘देख्यौ त ⁄ वरुणले गरिदिएको यो सुव्यवस्था। हाम्रो एकान्त जलविहार कसैले नदेखोस् भनेर यस्तो व्यवस्था गरिदिएका छन् उनले। ल हेर यता ⁄ आङ पुछ्नका लागि अलग–अलग रुमाल पनि छ। रिट्ठाको स्नानचूर्ण, सुगन्धी तेल, अत्तर, सबै छ। लभर–लभर सारी लगाएर जलविहारमा जाँदा अप्ठ्यारो होला भनेर पातलो फिलफिले अन्तर्वस्त्र स्त्री–कौपीन पनि राखिदिएको छ तिम्रा लागि।’
‘नाइँ, मलाई त लाज लाग्छ।’
‘केको लाज ? तिमी र मेरा बीचमा पनि केही लाज हुन्छ ?।’
‘यो बिरानो मुलुकमा कसैले देख्यो भने ?’ पार्वतीले लाजले अलिक शिर निहुर्याउँदै भन्नुभयो।
क्रमशः

प्रतिक्रिया दिनुहोस्