मुक्तिनाथ विकास बैंकको २४४ औं वित्तीय साक्षरता



काठमाडौं(नेस)
मुक्तिनाथविकास बैंक लिमिटेडले बुधबार “आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने नाराका साथ श्री माध्यमिक विद्यालय मरुवा, कटारी ४ उदयपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमँलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनीकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार ३ सय स्थानीय तथा विद्यार्थी सहभागी भईसकेका छन् ।

सो कार्यक्रममा प्र.अ.श्री नारायण प्रसाद अधिकारी र स. प्र.अ.जितेन्द्र यादवको उपस्थिति रहेको थियो । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरुमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयासलाई सहभागीहरुले सकारात्मक रहेकोमा केन्द्रीत गर्दै आआफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्