सांग्रिला बैंकद्वारा कम्प्युटर हस्तान्तरण



 

काठमाडौं(नेस)
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ, पेप्सीकोला स्थित उर्जाशिल अपाङ्ग सशक्तिकरण केन्द्रलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ्ग सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गर्नुभयो । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्