सिटिजन्स विशेष बचत खाता योजना



काठमाडौं(नेस)
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना सिटिजन्स विशेष बचत खाता ल्याएको छ । बैंकको मुख्यकार्यालय भवन ,नारायणहिटी पथ, दरबारमार्गमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकले सो योजना सार्वजनिक गरेको हो ।योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथ साथै बीमा सुविधा पनि प्राप्तगर्न सक्नेछन् ।

रु १००।–मा खाताखोल्न मिल्ने सो योजनामा कर्मचारीहरूको तलब खाता लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६ दशमलब २५ प्रतिशत ब्याजदर प्रदान गरिने सो योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नुका साथसाथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ ।

यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू एक लाख सम्मको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र रू सातलाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले सो योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्