खाँचो अंग्रेजीविज्ञको



जनप्रतिनिधी पाएसी स्थानीयतहले काँचुली फेर्छ भन्ने चर्चा त्यसै भा होइन रै’छ । ५ वर्षे जनादेश पाएका जनप्रतिनिधीलाई छोटै अवधिमा इतिहास रच्ने रहर छ, उनीहरु आफ्नो ठाम बदल्न लागि प¥या छन् । सडक र नहर बनाउने कुरो त अब सामान्य भइ सक्यो ।

शिक्षा, स्वास्थ्य, रोजगारी सहितका अनेकथरी नयाँ–नयाँ कार्यक्रम भित्र्¥याउन प्रतिनिधीहरु वीच जुहारी नै चल्या छ । जसले नयाँ कार्यक्रम भित्र्¥यायो उसले चर्चा कमायो, त्यहि त हो नि जमाना प्रचार–प्रसारको छ । उता गोरखा नगरपालिकाको पोलिटेक्निक इस्टिच्यूटले विभिन्न किसिमका तालिम दिने भएछ । त्यो खवर धरहरलाई पनि अच्छा लाग्यो अनि दुरविन उतै फर्काएको त तालिमका विविध प्रकृति अंग्रेजीमा लेख्या रै’छ ।

अंग्रेजी विदेशी लवजको हो कि धरहराको अल्पज्ञान बुझ्नै गाह्रो । हैन भने हेरौ नगरपालिकाको सूचना । नगरपालिकाका विज्ञले कुन चाहिँ विदेशी विश्वविद्यालय पढ्या रै’छन्, कुरो यस्तै भएसी त स्थानीय तहले अंग्रेजीविज्ञ पनि नियुक्त गरे कसो होला ?

प्रतिक्रिया दिनुहोस्