कालीगण्डकी करिडोर कहिले बन्छ ?



दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको यो आयोजनाको काम शुरु भएको वर्षौं भयो तर यसले पूर्णता त परै जाओस् गति लिनसमेत सकेको छैन । हिमालदेखि भारतको त्रिवेणीसम्म नून बोक्ने प्राचीन रेशम मार्गमा यो करिडोर निर्माण भइरहेकाले यसले ऐतिहासिक महत्व राख्नेछ तर यो सडक खण्डमा पटक–पटक बजेट विनियोजन गरिए पनि गति लिन नसक्दा स्थानीय निराश छन् ।

कालीगण्डकी करिडोरका रूपमा काम शुरु हुनुपूर्व नै सरकारले व्यापारिक पारवहन मार्गका रूपमा देशभर आठवटा उत्तर–दक्षिण करिडोरको परिकल्पना गरेको थियो । पछिल्लो समय बेनी–जोमसोम खण्डको सडक चैतबाट कालोपत्र हुने तयारी चलिरहेको छ । प्रदेश नं. ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको दाबी छ ।

भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले शुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ । गैँडाकोटदेखि कोरला नाकासम्मको सडकले नदीकिनारका फाँट र दुर्गम गाउँहरूलाई दिने पहुँचलाई नजरअन्दाज गर्न मिल्दैन ।

भारतको सुनौली नाकादेखि मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले शुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर निर्माण कार्य छिटो होस् । जसले आशावादी यो खण्डका नागरिकको जीवनशैली सहज बन्नेछ ।
– दीपेन्द्र कार्की, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्