मुलपानीमा पार्क सहितको फुटबल ग्राउण्ड



मधुसूदन रायमाझी, काठमाडौं ।
कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी चौरमा सुविधा सम्पन्न पार्क सहितको फुलबल ग्राउण्ड निर्माण हुने भएको छ । नगरवासीहरुलाई शारीरिक व्याम गर्ने स्थल र व्यवस्थित खेलमैदान निर्माण गर्नको लागि नगरपालिकाले योजना बनाएर नै काम अगाडि बढाएको हाे ।

सार्वजनिक जग्गाको संरक्षणको साथै खेलमैदान र पार्क निर्माण गर्न नगरपालिकाले तत्र्पता देखाएको छ । नगरपालिकाभित्र बढ्दो शहरीकरणसँगै खेलमैदान र हरियाली पार्कको अभाव हुँदै गएको अवस्थामा नगरपालिकाले पार्क सहितको फुटबल ग्राउण्डको अवधारणा अगाडि बढाएको हो । नगरपालिकाले मुलपानी चौरलाई व्यवस्थित बनाउनको लागि कमपाउण्ड वाल निर्माण, रेलिङ लगायतको कामलाई अगाडि बढाएको छ ।

कागेश्वरी मनहरा नगरपालिकाका इन्जिनियर सन्देश कुमार ढकालले चौरमा हरियाली प्रर्बद्धन गर्ने उदेश्य सहित फुलबल ग्राउण्ड निर्माण गर्न गुरु योजना निर्माण गरिएको बताउनुभयो । उहाँले करिब २ करोड लागतमा फुटबल ग्राउण्ड सहितको पार्क निर्माण हुने बताउनुभयो । २५ रोपनी पाँच आना तीन दाममा निर्माण हुन लागेको फुटबल ग्राउण्ड सहितको पार्क निर्माणले शारीरिक व्याम गर्न सहज हुनुको साथै खेलाडीहरुको लागि खेल खेल्न समेत सहज हुनेछ ।


गुरु योजना अन्तर्गत खेलमैदान निर्माण, चौर वरिपरी मर्निङ गर्ने फुटपाथ, शहरी सेवा केन्द्र निर्माण, शौचालय निर्माण, मन्दिरको जिर्णोद्धार, पाटी निर्माण सहितको काम हुनेछ । बहुबर्षिय योजना अन्तर्गत यस आर्थिक बर्षमा १ करोड ३२ लाख खर्च हुनेछ । फुलबल ग्राउण्ड वरिपरी नाली निर्माण गरिने बताउदै इन्जिनियर ढकालले फुटबल ग्राउण्ड बाहेक अन्य स्थानमा फुल रोप्ने र वृक्षरोपण गरिने बताउनुभयो । उहँका अनुसार पार्कभित्र ठाउँठाउँमा विश्रामस्थल राखिने छ ।

पार्क निर्माण भएपछि बृद्धाबृद्धालाई घुम्ने र विश्रामस्थलको रुपमा परिणत हुनेछ । नगरवासीलाई मनिङवाक गर्न पार्क निर्माण भएपछि सहज हुने बताउदै पार्कलाई व्यवस्थित बनाउनको लागि लाइटको समेत व्यवस्था गरिने बताउनुभयो । नगरपालिकाले मुलपानी चौरको पार्कलाई नमूना पार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

पार्क र फुलबल ग्राउण्ड निर्माण हुने भएपछि स्थानीय पनि उत्साहित भएका छन् । नगरपालिकाले अगाडि सारेको योजना कार्यान्वयन आउने स्थानीय खुसी भएका हुन् । स्थानीय व्यवसायी नारायण फुयालले नगरपालिकाले फुलबल ग्राउण्ड सहितको पार्क निर्माण गर्ने योजना राम्रो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘अव्यवस्थित रुपमा रहेको पार्कभित्र बस्न पनि गाह्रो हँदै आएको छ, हरियाली र बगैचा सहितको पार्कमा बिहान बेलुका शारीरिक व्याम गर्न सहज हुन भो ।’

‘गुरु योजना बनाएर नै काम’
प्रकाश फुयाल
वडा अध्यक्ष, कागेश्वरी मनहरा नगरपालिका–६
नगरवासीलाई शारीरिक व्यायम गर्ने र खेलाडीहरुलाई राम्रो खेलमैदानको रुपमा विकास गर्ने उदेश्यको साथ पार्क सहितको फुटबल ग्राउण्डको काम अगाडि बढाइएको छ । गुरु योजना बनाएर नै काम अगाडि बढाएका छौं । फुटबल ग्राउण्ड बनेपछि खेलाडीहरुलाई सहज हुनेछ ।

त्यसैगरी पार्क निर्माण भएपछि बृद्धाबृद्धलाई आराम गर्नेस्थल हुनेछ । बालकालिका खेल्नको लागि पनि सहज हुनेछ । फुटबल ग्राउण्ड र पार्क निर्माणको लागि ठेक्का अगाडि बढाउने प्रक्रियामा छौं । करिब डेढ बर्षभित्र ओजना कार्यान्वयन गर्ने लक्ष्य लिएका छौं । फुलबल ग्राउण्ड र पार्क निर्माण गर्ने कार्यप्रति स्थानीयको साथ र सहयोग राम्रो रहेको छ ।

नगरवासीलाई सफा र स्वच्छ वातावरणमा मनिङवाक गर्नेस्थलको रुपमा पार्क उपयोगी हुनेछ । पार्क र फुलबल ग्राउण्डसँगै भौतिक संरचना निर्माणको काम पनि हुनेछ । सुविधा सम्पन्न विश्रामस्थलको रुपमा बगैचा निर्माण हुनेछ । पार्क र फुटबल ग्राउण्ड निर्माण भएपछि कागेश्वरी मनहरा नगरपालिकावासी साथै भक्तपुरको चागुनारायण नगरपालिकाका वासिन्दा समेत लावाभित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्