पादरीको अनौथो दावी



केपटाउन (एजेन्सी)
दक्ष्ँिण अफ्रिकाको जोहानेसबर्गमा एक पादरीले मृत्य भएका युवकलाई जीवित पारेको घटना बहसको विषय भइरहेको छ । अलेलुइया मिनिस्ट्र्जि स्थित चर्चमा पादरी आल्फ लुकाउले केहि अगाडी भिड जम्मागरी कफिनमा बन्द एक ब्यक्तीलाई जीवित पारेको दावी गरेका थिए ।

त्यसको वरपर रहेकाहरु त्यसलाई विश्वास गरेर लुकाउको प्रसंसा गर्न थाले । घटनाको भिडियो ट्विटरमा भाइरल भएपछि मानिसहरु लुकाउको घरमा झुम्मिन थालेको र आफना निकट मृत ब्यक्तीलाई जीवित पार्न अनुरोध गरिरहेको जनाइएको छ । सामाजिक सन्जालामा एक जनाले ती पादरीलाई पुर्व राष्टपति नेल्सन मन्डेलालाई जीवित पार्न चुनौति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्