सेञ्चुरी बैंकद्वारा सहयोग



 

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंक वीरगन्ज शाखाद्वारा बंैकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांकी प्रदान गरेको छ ।

उक्त ट्यांकी बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्रप्रसाद साह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गर्नु भएकोे थियो ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्