भक्ति गीतसँगै १४ वर्षपछिफर्कियो सिजन्स ब्यान्ड



आफ्नो समयमा सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल हेटौंडाका संगीतकर्मीहरूको सांगीतिक समँह सिजन्स ब्यान्ड लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ।

२०६१ सालमा आफ्नो तेस्रो एल्बम सात तियाँ एक्काइसमार्फत स्रोतामाझ आएको यो समँह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारीमा जुटेको छ। समँहले चौथो एकल एल्बम सिजन्स द न्यु बिगिनिङमार्फत स्रोतामाझ आउने तयारी गरेको हो।

सिजन्स ब्यान्डमा ६ जना संगीतकर्मी सक्रिय छन्। फिल्मको पाश्र्वगायन तथा पृष्ठभँमि संगीतमा निर्माण व्यस्त भइरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्यान्डको लोकप्रिय नाम हो। सुजिल यो समँहमा गायन तथा लिड गिटारिस्टको रूपमा आबद्ध छन्। समँहका अर्का सदस्य हुन्, ज्ञानेन्द्र प्रधान। उनी पनि गायन र रिदममा आबद्ध छन्। अर्का सदस्य चन्द्र लामा समँहका गायक तथा ड्रमर हुन्।

फिल्मका गीतहरूमा संगीत संयोजन तथा पृष्ठभँमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिस्ट छन्। संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिस्टको जिम्मेवारी सम्हालेका छन्। उपेन्द्र श्रेष्ठ भने ब्यान्डका व्यवस्थापक हुन्।

विगतमा सिजन्स ब्यान्डले ल्याएका गीतमध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र लोकप्रिय गीतका रूपमा रहेका छन्। समँहले २०५६ सालमा पहिलो एल्बम ख्याल ख्यालैमा तथा २०५८ सालमा दोस्रो एल्बम सिजन्स सार्वजनिक गरेको थियो। सिजन अर्थात ऋतु, समँहले आफ्ना सिर्जनालाई ऋतुझैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ। जसअनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजनाअनुरूप स्थापना भएको सिजन्स ब्यान्डले करिब डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसँगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ। ब्यान्डको नयाँ एल्बमका गीतहरूमा आध्यात्मिक भाव पाउन सकिन्छ।

यसैबीच ब्यान्डले शिवरात्रीको पँर्वसन्ध्या तथा विजया एकादशीको अवसर पारेर शनिबार मात्र चौथो एल्बमको पहिलो गीत भन्छन् नारायणको म्युजिक भिडियो सार्वजनिक गरेको छ। ब्यान्ड निकट भविष्यमै कन्सर्टमार्फत दर्शकमाझ आउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्