नेपाली जनता र नेपाली सेना



समिर बस्नेत
भौगोलिक, जातिय, सांस्कृतिक, भाषिक, प्राकृतिक लगायतका विविधताले भरिएको सानो र सुन्दर मुलक नेपाल। अनी सदियौं देखि आफ्नो स्वाभिमानलाई सर्वोपरी ठानी विविधता भित्र एकताको अनुपम उदाहरण बनि बसेका नेपाली जनता। यिनै स्वाभिमानि नेपाली जनताको साझा शक्ति हो नेपाली सेना। जन्मदैं बहादुरी र स्वाभिमानको पहिचान बोकेर जन्मने नेपाली जातीको आफ्नै भँमि र आफ्ना पहिचानहरू जोगाउन संगठित शक्ति पनि हो ( नेपाली सेना। अनि यो देशले तोकेको बर्दी लगाएका सिपाहीहरू जनताको बिचमै रहेर सुखदुख साटासाट गर्दै आएका छन्। यसरी, बाह्य शक्तिको कुनै प्रभाव वा अधिनमा नपरी स्वाधिनताको निरन्तरता कायम राख्ने नेपाली जनता र सेना बिचको सम्बन्ध विश्व मै अनुपम र उदाहरणिय छ।

नेपाली सेना देशको अस्तित्व रक्षाका लागि लड्ने प्रमुख र अन्तिम शक्ति हो। अर्को शब्दमा यो नेपाली जनताको संचित बल हो। यो तथ्य इतिहासमा मात्र सिमित छैन। परेको बखत अहिले पनि नेपाली जनता यो भुमीको प्रत्येक मुठ्ठी माटोको संरक्षण गर्न आफुलाई बर्दी बिनाको सैनिकको रूपमा उपस्थित गराउन तयार छन्।

नेपाली सेना र जनता बिच परापुर्वकालदेखि रहंदै आएको घनिष्ठतम् सम्बन्ध वर्तमानमा आउंदा झनै उचाईमा पुगेको छ। बलियो संगठनात्मक संरचना रहेको नेपाली सेनाको उपस्थिति हरेक जिल्लामा रहेको छ। मुलुकभरमा तैनाथ नेपाली सेनाका निकायहरूको स्वरूप र बनावटमा फरक छ। तर विभिन्न सामाजिक गतिविधिहरूमा सेनाको संलग्नताले हरेक ठांउमा सैनिक नागरिक सम्बन्धमा मिठासपनको आभाष हुन्छ।

शिवरात्रीलाई नेपाली सेनाले सेना दिवसको रूपमा मनाउंदै आएको छ। त्रिशुल र डमरु सेनाको प्रतिकको रूपमा अंकित छन्। पछिल्लो कालखण्डमा स्वर्गिय श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले छरिएको देशलाई एक बनाउन स्थायी कम्पनीहरू खडा गरेको इतिहासमा उल्लेख छ। सो क्षणबाट आधुनिक नेपाली सेनाको विकासक्रम शुरु भएको हो। तर अनादिकालदेखि स्वतन्त्र रहन सैनिक संगठन त अवश्य चाहियो। स्वतन्त्रता सुनिश्चित गर्न शक्ति पनि अवस्य चाहियो होला। त्यसैले सृष्टिकालदेखि स्वतन्त्र नेपालको पहिलो सेना र सेनापतिको बारेमा कल्पना गर्दा साक्षात महादेवको कल्पना हुनु स्वाभाविकै हो। उनको गणका गणपति अर्थात गणेशजीको समयदेखि नै यो देशको सेनामा शिर नै काटिए पनि बफादारीबाट बिमुख नहुने विशेषता जोडिएको हुनु पर्छ।

नेपाली सेनाले सेना दिवश मनाईरहंदा नागरिकहरूले आफ्नो देश कहिल्यै पनि विदेशीको अधिनमा बस्नु नपरेको कुरा सदैव स्मरण गरिरहन्छन्। हो,हामी गर्वका साथ म नेपाली हुँ भन्छौ र चन्द्र सँर्य अंकीत झण्डा फर्फराउदा गौरवले छाति फुलाउंछौ। म नेपाली हुँ भन्ने वाक्य र चन्द्र सँर्य अंकित यो झण्डा हाम्रा पँर्वजहरूले आपसी सहकार्यमा वर्तमान पुस्तालाई नासोका रूपमा छाडेका हुन्। यो नासोलाई संरक्षण गर्न हाम्रा विर पँर्खाहरूको धेरै रगत र पसीना बगेको यथार्थता छर्लङ्ग छ।

वर्तमान नेपाललाई पँर्वमा टिस्टा र पश्चिममा काँगडासम्म र्पुयाउने गौरवशाली नेपाली सेनाको इतिहास सम्भवतः हालका अत्यन्तै शक्तिशाली मानिने सेनाको भन्दा अझ पँरानो छ। वि.सं. ज्ञटज्ञट मा राजा द्रव्य शाहले साधारण रूपमा संगठित गरेको यो संगठनको इतिहास नेपालका अन्य सबै संगठनको भन्दा पुरानो छ।

स्वर्गिय श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहले शुरु गरेको नेपाल अभियान प्रकृयाले उनको देहावशान पश्चात समेत निरन्तरता पायो। काजी अमर सिंह थापाको पालामा आईपुग्दा नेपालको सिमाना पँर्वमा टिष्टा र पश्चिममा सतलजसम्म पुग्यो अनि बृहत नेपाल बन्यो।तर दक्षिणतर्फ मुगल साम्राज्यको पतनसंगै अङ्ग्रेज ईष्ट ईण्डिया कम्पनीको हालिमुहालीले नेपालको अवस्था पँर्ववत रहन भने पाएन। तथापी वि.सं.१८७१ देखि वि.सं.१८७३ सम्म भएको नेपाल अंग्रेज युद्धमा अंग्रेजहरूले बिभिन्न फ्रण्टहरूबाट नेपाल माथि आक्रमण गर्दा प्रतिरक्षाको लडाई नेपाली सेनाले लड्यो।

यही विरतापँर्ण ईतिहास कै कारण स्वाधिन र स्वाभिमान नेपाल भन्न पाउने आजको अवस्था आएको हो। अंग्रेजसंगको लडाईमा विभिन्न किल्लाहरूमा सेनासगैं सर्वसाधारण नागरिकहरू पनि हातमा खुँडा र खुकुरी बोकेर दुश्मन विरुद्ध उत्रिएको इतिहास जीवन्त छ। नेपाल एकिकरण अभियानमा आफुलाई अब्बल साबित गरेको नेपाली सेनाले ईतिहासका कालखण्डमा देश माथि नजर लगाउने बाह्य शक्तिहरूसंगको प्रतिकारमा वीरता देखायो। त्यो वीरताको कारण नै आज आम मुलुकबासीको लागि स्वतन्त्र, अविभाज्य र कहिले कसैको अधिनमा नबसेको मुलुकका जनता भनि गर्व गर्न पाउने विषय बनेको छ।आज गर्बिलो राष्ट्रियताको वैभव उचाईमा रहनुमा इतिहासकालिन यी विषयहरूले महत्वपँर्ण भँमिका निर्वाह गरेको पाइन्छ।

समयका कालखण्डमा नेपाली सेनाको व्यवस्थापन तथा अन्य पक्षहरूमा क्रमिक क्रमशः सुधार र परिमार्जन हुदै आए। आज आइपुग्दा नेपाली सेनाले आफुलाई समयानुकुल परिवर्तन गर्दै नेपाली जनताको भरोसाको केन्द्रको रूपमा स्थापित गरि सकेको छ। बहुसंख्यक जनताले स्वीकार गरेको नेतृत्व र शासन प्रणाली प्रति सदैव सहयोगी एवं समर्पित रहदैं तत् तत् कालखण्डमा विद्यमान परिपाटी अनुरूपका जिम्मेवारीहरू निर्वाह गर्दै आएको छ। पँर्णतः राजनीति निरपेक्ष चरित्रका कारण पनि नेपाली सेनालाई सरकार र जनताले भरोसा गरेको पाईन्छ। हुनत बहुदलीय प्रणाली भएका देशमा मुलुकका राजनैतिक दलहरू देशका महत्वपँर्ण संयन्त्रहरूमा आफ्नो बलियो प्रभाव रहिरहोस् भन्ने चाहन्छन्। तर राजनैतिक प्रलोभन र सोचको अधिनमा नेपाली सेना कहिल्यै परेन्। देशको संचित र अन्तिम सुरक्षा बललाई राजनैतिक हस्तक्षेपबाट सदैव मुक्त राखी राख्न आम नेपाली नागरिकहरूले पनि खबरदारी गरिरहनु आवश्यक छ।

अहिले पनि मुख्यतया राष्ट्रिय अखण्डताको संरक्षण गर्ने र वैदेशिक हस्तक्षेप विरुद्ध परिचालित हुने मुख्य जिम्मेवारी बोकेको नेपाली सेना संवैधानिक सरकारको योजना अनुसार आन्तरिक सुरक्षामा समेत परिचालित हुने गरेको छ। आफ्नो मँलभँत जिम्मेवारीहरूका अलवा राष्ट्रिय आवश्यकता अनुरूपका अन्य कार्यहरू समेत बहन गर्दै आएको छ।

विकास निर्माण सम्बन्धि जिम्मेवारीहरू निर्वाह गर्नको लागि नेपाली सेनामा ईन्जिनियरिङ्ग विभाग खडा भएको पाईन्छ। हुनत सैनिक ईन्जिनियरको काम लडाईका बेला फौजलाई इन्जिनियरिङ्ग सहायता पुर्याउनु हो। तर शान्तिकालमा यसलाई राष्ट्र विकासमा प्रयोग गर्ने गरेको उदाहरणहरू धेरै देशमा पाईन्छ। नेपाली सेनाको ईन्जिनियर शक्तिलाई पनि यसरी प्रयोग गरिएको छ। कर्णाली(मान्मा, दोलाई(जुम्ला, बेनी(जोमसोम, वेसीशहर(चामे, मैलुङ्ग(स्याफ्रुबेशी, जाजरकोट(डोल्पा जस्ता सडक खण्ड नेपाली सेनाले सम्पन्न गरिसकेका केही उदाहरणहरू मात्र हुन। बहु प्रतिक्षित काठमाण्डौ(तराईरमधेश द्रुतमार्ग निर्माणको जिम्मा समेत नेपाली सेनालाई सुम्पिए संगै कामले पनि तिब्रता पाएको छ। नेपाली सेनाले जिम्मा लिएका सडक निर्माण कार्यहरू तोकिएको समयमै र निर्धा्रित मापदण्डमा सम्पन्न भएको कुरा सर्वसाधारण नागरिकले सदैव स्मरण गर्दछन्। निर्माणाधिन सडक खण्डहरूमा पनि सोहि अपेक्षा जनताले राखेका छन्।

राष्ट्रिय निकुञ्ज तथा प्रकृति संरक्षण गर्ने एउटा छुट्टै निर्देशनालय मार्फत सैनिकहरू प्रकृति र जैविक विविधताको संरक्षणमा जुट्दै आएका छन्। अत्यन्तै दुर्लभ तथा लोपोन्मुख मानिएका जीवजन्तुहरूको हालका दिनमा भएको संख्यात्मक अभिबृद्धिलाई एउटा महत्वपुर्ण उपलब्धि मान्न सकिन्छ। नेपाललाई प्राकृतिक रूपमा विश्वको महत्वपुर्ण गन्तव्यको रूपमा चिनाउन यो एउटा कोशेढुङ्गा साबित हुने विश्वास लिन सकिन्छ।

प्राकृतिक प्रकोप तथा अन्य विपत्तिहरू जस्तो बाढी, पहिरो, आगलागी, सडक दुर्घटना जस्ता आपतकालीन समयमा उद्धार कार्य, नेपाली जनतासंग नेपाली सेनाले साझेदारी गरिरहेको महत्वपुर्ण क्षेत्र हो। आम विनाशकारी भुकम्प २०७२ पछि नेपाली सेनाले गरेको उद्धार, राहत र पँनः निर्माण कार्य नेपाली जनताले सदियौँसम्म स्मरण गरि रहनेछन्।

रणनैतिक रूपमा महत्वपुर्ण मानिएका परियोजनाहरूमा पनि नेपाली सेनाले सुरक्षा दिने गरेको छ। नेपाली सेना देशका सांस्कृतिक सम्पदा एवं परम्पराहरूको संरक्षणमा समेत निरन्तर रूपमा लागि रहेको पाईन्छ। महाशिवरात्री, घोडेजात्रा, फुलपाती जस्ता महत्वपँर्ण पर्वहरूमा नेपाली सेनाको संलग्नता उदाहरणिय रहंदै आएको छ।

संयुक्त राष्ट्रसंघ मार्फत विभिन्न द्वन्द्धग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ छन् नेपाली फौज। यो उपस्थिति अन्तर्रा्ष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको छवि एवं पहिचान स्थापित गर्ने एउटा मन्च बन्दै आएको छ। शान्ति स्थापनार्थ नेपाली सेनाको उपस्थिति र कार्य सम्पादन लाई अन्तर्रा्ष्ट्रिय जगतले समेत खुलेर प्रशंसा गर्दै आएका छन्। यो उपस्थितिले नेपालको परराष्ट्र नीति प्रवर्धनमा समेत महत्वपँर्ण भँमिका निर्वाह गर्दै आएको छ। नेपाली नागरिक हुनुको नाताले यसलाई एउटा गर्वको विषय मान्न सकिन्छ।
एउटा भनाई पनि छ( देवता डाक्टर र सिपाहीहरूलाई आपतका बेलामा मात्र गुहारिन्छ। आपतका बेला गुहार्न र त्यस्तोबेला आपतलाई सामना गर्न सक्ने बनाईराख्न सेनालाई आधुनिक सश्त्रास्त्र तथा उपकरणले सुसज्जित बनाइराख्नु पर्छ। त्यस्तै उच्चकोटीको तालीम र व्यवस्थापनमा पनि जोड दिनुपर्छ। साधारण समयमा यो अनावश्यक तथा खर्चिलो लाग्न सक्ला तर चाहिएका बेलामा काम गर्न सक्ने बनाइराख्न सकिएन भने पछुताउने अवसर समेत निमल्न सक्छ। नेपाली सेनालाई हरतरहले सुसज्जित बनाईराख्न सरकारले कञ्जुस्याई गर्नु हुंदैन र गर्ने छैन भन्ने विश्वास राख्न सकिन्छ।

देश र जनताको लागि समर्पणको पँर्णभावले खट्टिदै आएको नेपाली सेनाप्रति आम नागरिकको विश्वास र भरोसा सदैव रहि रहोस्। नेपाली सेना पनि मातृभँमि प्रतिको दायित्व निर्वाहमा सदैव अब्बल भइरहोस्। सेना दिवशको उपलक्ष्यमा सेनाका
सकलदर्जालाई शुभकामना।

प्रतिक्रिया दिनुहोस्