विशाल प्रदर्शन



अल्जियर्स,(एजेन्सी)
अल्जेरियाको पाँचौं राष्ट्रपतिय कार्यकाल शुरु गर्ने योजनामा रहेका ८१ वर्षिय राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाको विरोधमा हजारौं जनता शुक्रवार त्यहाँका सडकमा आर्लेका छन् । राजधानी अल्जियर्समा भएको सो विशाल प्रदर्शनलाई तितर वितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

सन् २०१३ मा ह«दयाघात भए यता राष्ट्रपति विरलै मात्र सार्वजनिक हुने गरेका छन् । हाल पनि उनको स्विजरल्यान्डमा स्वासथ उपचार भइरहेको छ । प्रदर्शनकारी मध्ये केहिले उनको बहिर्गमनका लागि नारा लगाएका थिए । तर प्रदर्शन तुलनात्मक रुपमा शानितपुर्ण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्