प्रदर्शनको समर्थन



वर्लिन,(एजेन्सी)
जलवायु परिवर्तनको विषयलाई लिएर बिद्यालयका छात्रछात्राहरुले गरेको विरोध प्रदर्शनको जर्मनीका चान्सलर एन्जेला मर्केलले समर्थन गरेको सरकारी संचार माध्यमले जनाएका ेछ । तर ति बिद्यार्थीका सम्बन्धित बिद्यालयहरुले भने बिद्यालयको पढाई छाडेर प्रदर्शनमा भाग लिएको भन्द ैकारवाही स्वरुप तिनीहरुलाई बिद्यालयबाटै निष्कासन गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार उच्च बिद्यालयका हजारौ छात्रछात्राले स्वेडेनी अभियन्ता ग्रेटा थन्वर्गसंगै ह्याम्वर्ग शहरमा जलवायु परिवर्तन विरुद्ध विरोध प्रदर्शनमा भाग लिएका थिए । विश्वभरिका छात्रछात्राहरुले अहिले आ– आफ्ना देशमा जलवायु परिवर्तन समस्या समाधानलाई सम्वोधन गर्ने माग सहित विरोद्ध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्