कुरो उही हो



वर्तमान सरकाले सत्ता सम्हालेपछि ‘गाउँ–गाउँमा सिंहदरवार अभियान’ चलाएको छ । यो नारा मात्रै होइन रे, व्यवहारमै कार्यान्वयन हुने सरकारी दावी छ । यो अभियान के कति कार्यान्वयन कति भा’छ त्यो सरकारलाई नै थाहा होला ।

सरकारी प्रगतिको अनुगमनमा चाहिँ प्रतिपक्षी निस्किया छन् । सरकारको राप र तापको चियो गर्न पाँचथरको चियो भञ्याङबाट देश दौडाहामा निस्किएका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व कम्रेड डा. भट्टराईले सुप पुगेर एक महिने यात्रा टुङ्ग्याएका छन् । उनले राजनीतिक छलाङ मार्छन् भन्ने बुझेर हो कि क्याहो राप्रपा पनि ठूलै डफ्फा र लावा लस्कर अघिपछि लगाउँदै पूर्व पश्चिम दौडाहमा निस्क्या छ ।

सिंहदरवार गाउँ–गाउँमा पुग्या छ कि काठमाडौं र ठूला सहर बजारमा घुस्या छ भन्ने कुरो यी दलसँग बुझे हुन्छ । सरकार र उनका मुन्छे गाउँघर घुम्न भ्याए पो ? अनि नयाँ शक्ति र राप्रपाले ठूलो फूर्ति नलाए हुन्छ ती दल पनि अहिले सरकारमा झुन्डिया भए देश दौडाहको कुरो कम्रेड ओली र उनका मुन्छेको झै हुन्थ्यो । यसपटक थोरै अचम्म चाहिँ के भो भने यी साना दल चुनाव नआउँदै देश बुझ्न निस्किए ।

प्रतिक्रिया दिनुहोस्