काभ्रेली कवयित्रीका दुई कृति लोकार्पण



काभ्रे। अक्षरमार्गद्वारा हालै काभ्रेली कवि सुभद्रा दहालबाट रचित दुई कृति लोकार्पण गरिएको छ। आकाशको जँन र नानीको फँलबारी नामक दुई बालकविता सङ्ग्रहको विमोचन एक कार्यक्रमका बीच बालसाहित्यकार तथा बालसाहित्य समाज नेपालका अध्यक्ष शैलेन्द्रँप्रकाश नेपाललगायतले गरेका थिए।

अक्षरमार्ग साहित्यिक त्रैमासिकको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बालसाहित्यकार शैलेन्द्रँप्रकाश नेपालले बालसाहित्यको महत्व बढ्दै गएको विचार व्यक्त गरे। एक प्रसङ्गमा उनले पहिलो बालसाहित्यकार भनेको बालकको आमा भएको कुरा पनि बताए।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पनौती न.पा.का नगरप्रमुख, विशेष अतिथि कार्तिकेय घिमिर, साहित्यकार सँर्यप्रसाद लाकोजँ, गायक विजयराम कर्माचार्य, पुस्तकका रचनाकार सुभद्रा दहाललगायतले बालसाहित्यका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए। विमोचित दुई कृतिका बारेमा देबँ लुइँटेलले टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्