इजरायलद्वारा युद्ध अपराध



न्युयोर्क (एजेन्सी)
राष्ट्र संघको मान्यता पाएको एक स्वतन्त्र टोलीले सन् २०१८ मा गाजा प्रदर्शनका क्रममा पत्रकार, स्वास्थ्यकर्मी र बालबालिका माथि गरिएका गोली प्रहारको घटना लगायत इजरायली सैनिकद्वारा युद्ध अपराध गरेको प्रमाणहरु भएको जनाएको छ ।

इजरायलले उक्त प्रतिवेदनलाई ठाडै अस्विकार गरेको छ र यो अनुसन्धान अगाडी नै तय गरेको नतिजा भएको प्रतिक्रिया दिएको छ ।

प्यालेस्टिनीहरुको ‘ग्रेट मार्च अफ रिटर्न‘ आन्दोलनमा भएको घटनालाई लिएर उक्र युएनआईसी संस्थाले ३ सय २५ पिडित, प्रत्यक्षदर्शी र स्रोतहरुसँग गरेको अन्तवार्ताका आधारमा उक्त प्रतिवेदन तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्