पूर्वपत्नीलाई भेट्दै ब्राड



हलिउड हस्ती ब्राड पिट एकपटक फेरि आफ्ना २ पँर्वपत्नीहरू जेनिफर एनिस्टन तथा एन्जेलिना जोलीका कारण चर्चामा आएका छन्।
हालै आप्mनो ५०औं जन्मदिन मनाएकी जेनिफरले जन्मदिनको एक दिनअघि लस एन्जलसस्थित पाँचतारे होटलमा बर्थ डे पार्टीको आयोजना गरेकी थिइन्, जहाँ उनका पँर्वपति ब्राड पनि देखिएपछि सञ्चारकर्मीको ध्यान उनीतिर मोडियो। मिडिया रिपोर्टलाई मान्ने हो भने जेनिफरको बर्थ डे पार्टीमा पुग्नु एक दिनअघि मात्र ब्राडले अर्की पँर्वपत्नी एन्जेलिना जोलीसँग पनि भेटेका थिए।

ब्राड र जेनिफर विवाहको ५ वर्षपछि अलग भएका थिए। सन् २००० मा विवाह गरेका उनीहरू सन् २००५ मा छुट्टिएका थिए। त्यसको केही समयपछि हलिउड नायिका एन्जेलिना जोलीसँग विवाह गरेका ब्राडले एन्जेलीनासँग पनि सम्बन्धविच्छेद गरिसकेका छन्। केही समयअघि पिट हलिउड नायिका सिएना मिलरसँग डेट गरिरहेका छन् भन्ने खबर बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्