सबैलाई श्रदाञ्जली



सधै राजनीतिक र सामाजिक विकृती विरुद्ध व्यङ्ग्य बाण प्रहार गर्न मरिहत्तै गर्ने धरहरा एकाएक लोलाएको छ । बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको खवरपछि धरहरा पनि शोकमा प¥या छ । नेपाली राजनितीका आशालाग्दा पात्र मन्त्री अधिकारी सहित पर्यटनकर्मीले अल्पायुमै ज्यान गुमाएका छन् ।

त्यो खवर सार्वजनिक भएपछि देशै स्तब्ध बनेको छ । प्राय सबै दलका नेताले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति श्रदाञ्जली व्यक्त गरेका छन् । नेताहरु आफ्नो व्यक्तिगत र दलगत स्वार्थ विर्सिएर दुःखमा साथ दिएको देख्दा धरहरा केही धेरै बेर त छक्क पनि पर्यो ।

विकास निर्माण र मुलुकको साझा हितमा पनि सबै दलले होस्टेमा हैसे गर्ने भए त मुलुकले छोटै अवधिमा छलाङ माथ्र्यो क्यार, तर गर्नु यस्तो बुद्धि सहज परिस्थितीमा पलाए पो ? अहिले दुःखत घडीमा ठूला दल र तीनका नेता मात्रै होइन, खिइँदा खिइँदा दुर्लब बनिसक्या दलका नेताले पनि मन्त्री अधिकारी लगायतलाई श्रद्धा व्यक्त ग¥या छन् ।

अन्य बेलामा चाहिँ पानी बाराबार गर्ने नेताको यस्तो बुद्धि देशको हित र समृद्धिका मामलामा पनि पलाओस । दिवंगत मन्त्री अधिकारी सहित अल्पायुमै ज्यान गुमाएका सबैलाई धरहराको हार्दिक श्रदाञ्जली ।

प्रतिक्रिया दिनुहोस्