बबई एक्स्टेन्सनकाउण्टर



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।बबई एक्सेन्टर काउण्टर बैंककोसुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्नमिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्गकारोवार गर्न सो भेगकाजनतालाई सहयोग पु¥याउने छ ।

सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ ।
यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पुर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबई लगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पु्याउने छ ।
ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पीओस मेसिन बाट सेवादिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्