यता तान्यो उता चिसो



‘कुन दिन राम्रै हानाहान पर्छ’ धेरैले यस्तै अड्कलवाजी गरिरहेका बेला भारत–पाकिस्तान फेरी खुलेआम रुपमा गोला वारुदमा उत्रि¥या छन् । भारतीय वायुसेनाले मंगलबार सबेरै पाकिस्तानमा बम प्रहार गरेपछि विश्वको ध्यान त्यतै मोडिएको छ ।

सो घटना लगत्तै दुवै देश दमदार ढंगमा वाकयुद्धमा समेत लाग्या छन् । आफ्नो देशलाई मेटिन नदिने मोदीको तर्क आएको छ भने उता उनका पाकिस्तानी ‘काउन्टरपार्ट’ खानले आफ्ना देशका सुरक्षा निकाय र नागरिकलाई जस्तो सुकै अवस्थाको पनि सामना गर्न आग्रह ग¥या छन् । गोला बारुदका श्रंखला यसरी नै दोहोरिने हो भने सार्क संगठन मात्रै होइन धेरै कुरा साफ हुने निधो छ ।

विश्वलाई थर्काउने अनि अमेरिकालाई झनै चिड्या¥उन मरिहत्तै गर्ने मुलुक उत्तर कोरिया अहिले केही कुल छ । कीमसँग एक पटक आमने सामने हिमचिम ग¥या ट्रम्प फेरी काँधमा काँध मिलाउन भियतनाम पुग्या छन् । तर छिमेकमा चर्किएको गोला बारुदले विश्व शान्तिलाई ब्रेक लाउने बलियो संकेत ग¥या छ । मध्य हिउँदको सिरक जस्तो भा छ विश्व शान्ति प्रकृया, यता तान्यो उता चिसो, उता तान्यो यता चिसो ।

धेरै देशका नेता बुद्ध कहलिन खोज्छन्, शान्ति प्रकृयाका लमी बन्न खोज्छन् । तर कलियुग भएर हो क्यार त्यस्ता लमीलाई फलिफाप भा छैन । बुद्ध त झन् जन्मिने कुरै भएन ।

प्रतिक्रिया दिनुहोस्