एनआईसी एसिया बैंकमा केवाईसी घरबाट अपडेट गर्न सकिने



काठमाडाैं (नेस)
एनआईसी एसिया बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक (केवाईसी) गर्न घर तथा कार्यालयमा बसी झन्झटरहित तरिकाबाट इन्टरनेटको माध्यमबाट ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक वेभसाइटमा गएर केवाईसी अनलाइन् पोर्टलमा आफ्नो खाता नम्बर, मोबाइल नम्बर र ईमेल आइडी राखेर ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

देशभर २७७ शाखा कार्यालय, २९० एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवम् २३ वटा शाखा रहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । बैंकको वासलातको आकार २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब तथा कर्जा १४९ अर्ब तथा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्