क्षयरोग केन्द्र: सीमित कर्मचारीको कमाउ थलो बन्दै ?



-भगवती तिमल्सिना

स्वास्थ्य आम नेपालीको नैसर्गिक अधिकार हो भन्ने कुरा २०७२ को संविधानमा लेखियो। तर राष्ट्रिय क्षयरोग केन्द्रमा विगत ५ वर्षको अवधिमा बेथिति बढ्दै जाँदा यतिबेला कोभन्दा को कम भन्दै भ्रष्टाचारको बलियो अखडा बनाउन स्वास्थ्यकर्मी तथा कर्मचारीहरू रस्साकस्सीमा उत्रिएको पाइन्छ। उनीहरूको बलियो भरोसा भनेको राजनीतिक संघ र संगठन भएका छन्। उनका साथमा उच्च दलका नेता, मन्त्री, सचिव तथा दातृ निकायका अधिकार प्राप्त प्रतिनिधि रहनु नेपाल र आम नेपालीका लागि निकै दुःखद विषय बनेको छ।
देशको केन्द्रीय क्षयरोग केन्द्र भक्तपुर यतिबेला यस्तै यस्तै समस्याले गाँजेको भ्रष्टाचारको थलोका रूपमा परिचित हुँदै छ। राजनीतिक दलका नेताहरूको बलियो आड पाएका कर्मचारी संगठनका केही नेताहरूको पँर्ण साथ लिएर जनस्वास्थ्यका नाममा वर्षौंदेखि भ्रष्टाचार कहाँ र कसरी गर्ने भन्ने बलियो आधार बनाएका केही कर्मचारीले क्षयरोग केन्द्रलाई भ्रष्टाचार गर्ने बलियो अखाडा बनाउँदै आएको कुरा पछिल्ला गतिविधिले प्रस्ट पारेको छ।

विगत ५ वर्षमा राजनीतिक शक्तिका आडमा क्षयरोग केन्द्रको निर्देशक तोकिने र क्षयरोग केन्द्रमा केही कर्मचारीले नेता र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई रिझाएर बिरामीलाई मृत्युको मुखमा धकेल्दै छन्। यतिबेला काजका नाममा होस् या खरिद तथा अनुगमनका नाममा होस् सकेजति लुट्ने अखडाका रूपमा क्षयरोग केन्द्रलाई बनाएका छन्। यस बारेमा केन्द्रका असन्तुष्ट कर्मचारीले स्वास्थ्य मन्त्रालय, सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा लिखित तथा मौखिक जानकारी नगराएका होइनन्। तर यी निकायका सीमित व्यक्तिको इसारामा चलेको यो केन्द्र यतिबेला प्रायः खोक्रो बन्दै छ।

सुधारको माग गर्दै केन्द्रका ९५ प्रतिशत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा पनि लिखित र मौखिकरूपमै अनुमगन र मँल्यांकनका लागि अनुरोध गरेकै हुन्। पछिल्लो समय युवा जोस र जाँगरका साथ अघि बढ्नुभएका अर्का व्यक्तित्व गगनकुमार थापालाई पनि नगुहारेका हैनन्। उहाँले त क्षयरोग केन्द्रमा पाइला नै नटेकी अवधि पँरा गर्नुभयो। यसै क्रममा हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अवगत गराएकै हुन्। यति भएर पनि यस विषयमा कसैको चासो नजानुको पछाडि आर्थिक चलखेल त हैन?

क्षयरोग केन्द्र यतिबेला मुठ्ठीभरि अधिकार र संगठनलाई साक्षी राख्ने व्यक्तिको निर्देशनमा चलेको छ भन्दा अत्युक्ति नहोला। पछिल्लो समय विगत २ महिनाको अवधिमा यहाँ निकै ठँलो संख्यामा कर्मचारी सरुवा तथा समायोजन भएको देखिन्छ। यही अवसरलाई नगदमा बदल्न पल्केका केही कर्मचारीले क्षयरोग केन्द्र छनोट मात्र गरेनन्। निर्देशकको अनुमति नै नलिई कानुनले नै नदिएका अधिकार प्रयोग गर्ने कार्य गर्दै आएका जल्दा बल्दा उदाहरण सर्वसाधारणले नै औंल्याउन थालेका छन्। पछिल्लो समय कर्मचारी संगठनको आडमा आफँले जहाँ चा≈यो त्यही ठाउँमा बसेर देशलाई टाट पल्टाउन पल्केका केही कर्मचारीले क्षयरोग केन्द्रलाई दुहुनु गाई बनाउँदै छन्।
क्षयरोग केन्द्रको चुरो कुरो के हो त ?

तीन महिनाअघि मात्र स्वास्थ्य सेवा विभागबाट क्षयरोग केन्द्रमा शाखा अधिकृतका रूपमा सरुवा भएर आएका दीपक रिजालले कार्यालय प्रमुखलाई गुमराहमा राखी राष्ट्रिय क्षयरोग केन्द्रका गाडी आफँखुसी दुरुपयोग गरेको आरोप केन्द्रका कर्मचारीहरूले लगाउँदै आएका छन्। यतिमात्र नभई रिजालमाथि विगतमा विभागमा रहँदादेखि नै शक्तिका आडमा कर्मचारी सरुवा, बढुवा, काज, बिदा, स्तरवृद्धि जस्ता काममा दुःख दिँदै आएको र क्षयरोग केन्द्रमा पनि त्यही रवैया देखाएर कर्मचारीलाई धम्क्याएर कार्यकक्ष हडप्नेदेखि गाडीसमेत आफ्नो कब्जामा लिएको आरोप लगाइएको छ।

रिजालमाथि लागेका आरोप यस्ता रहेका छन्– सातौं तहका कर्मचारी क्षयरोग केन्द्रमा आएलगतै आठौं तहमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत वसुन्धरा शर्माको कार्यकक्ष हडपेर आफँ बसेको। निर्देशकको आदेशबिनै नेपाल सरकारको नियम विपरीत केन्द्रमा रहेको बा१झ ८५७१ नं को टोयोटा ल्यान्डक्रुजर गाडी प्रयोग गरेर पारिवारका सदस्यलाई लिई पुख्र्यौली घर सर्लाही पुगेको। फर्कने क्रममा अत्यधिक सामान लोड गरेकाले बाटोमा बिग्रिएपछि गाडी त्यही छोडेर फर्किएको। सो गाडी रिजालले लैजानुअघि क्षयरोग केन्द्रले १२ लाख खर्चेर मर्मत गरेको।

उक्त गाडी बिग्रिएलगत्तै रिजालले पुनः बा१झ ९५९६ स्कोरपियो गाडी कार्यालय प्रमुखको आदेश विपरीत पुनः प्रयोग गरेको र हाल सो गाडीको चरम दुरुपयोग भइरहेको छ। यसरी गाडीको चरम दुरुपयोग गर्दा पनि केन्द्रका निर्देशक मुकदर्शक भएर बसेको कारण स्वास्थ्य मन्त्रालयले कारबाही गर्नुपर्ने मागसहितको उजुरी परेको छ। दुरुपयोगको छानबिन नभए यसको विरोध तथा कारबाही गर्न राष्ट्रिय क्षयरोग केन्द्रका कर्मचारी बाध्य हुने चेतावनी स्वास्थ्य मन्त्रालयलाई गराइएको छ।

रिजालको व्यवहारबाट असन्तुष्ट भएका क्षयरोग केन्द्रका कर्मचारीहरू भन्छन्– रिजाल यसअघि पनि यस्तै गतिविधि गरेका कारण स्वास्थ्य सेवा विभागका महानिर्देशकको कारबाहीमा परी बिना विभागीय कर्मचारीका रूपमा रहेका थिए र कर्मचारी युनियनको आड लिएर क्षयरोग केन्द्रमा सरुवा मागेर आएका हुन्। २४घ १ का आधारमा बढुवा भएका तिनैै शाखा अधिकृतले राष्ट्रिय क्षयरोग केन्द्रमा गाडी आतंक, सरुवा, काज, अर्को कर्मचारी बसेको कोठा हड्प्ने र अन्य आतंक मच्चाइरहेको भन्दै तुरुन्तै कारबाही गर्न माग गरेका छन्।

रिजाललाई यति ठँलो आँट दिनेमा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीका विवादास्पद छवि भएका र लगातार अख्तियारको निगरानीमा रहेका तथ्यांक निर्देशक अनिल थापाले सहयोग गरेको आरोप लगाएका छन्। आरोपित थापाले पनि एउटा गाडी प्रयोग गर्दै आएका र क्षयरोग केन्द्रको मोटरसाइकलसमेत घरायसी प्रयोजनका लागि घरमै राख्दै आएको आरोप क्षयरोग केन्द्रका असन्तुष्ट कर्मचारीको रहेको छ। थापामाथि लागेको आरोप अझै पनि अख्तियारमा विचाराधीन अवस्थामा रहेको छ।

कर्मचारी सरुवा भएर आउनासाथै कसरी यति शक्तिशाली भए त भन्ने विषयमा केन्द्रका केही असन्तुष्ट कर्मचारीको भनाइ यस्तो छ– दीपक रिजाल, अञ्जु बस्नेत, बद्री कोइरालाको प्रवेशपछि क्षयरोग केन्द्रको वातावरण बिग्रिएको छ। अञ्जु हेल्थ असिस्टेन्ट हुन् र उनले क्षयरोग केन्द्रमा आउनासाथ स्टोर माग गरेपछि टसल शुरू भयो। दीपक र अञ्जु विभागमा भएदेखि नै एकअर्काका सहयोगीका रूपमा सघाउने कर्मचारी संगठनको पदाधिकारी हुन्। यसो भएकै कारण अञ्जुकै पहलमा दीपकलाई क्षयरोग केन्द्रमा आउने वातावरण बनेको हो।

सातौं तहमा आएका दीपकले आठौं तहका वसुन्धरा शर्मालाई बस्दै आएको कोठाबाट हटाएर आफँ बस्दै आएका छन्। उनले पुराना फाजिलमा परेकालाई जिम्मेवारी खोस्ने, फिल्ड पठाउने काम पनि आफै तय गरे र अरूलाई बे्रक लगाउने काम गरेको पनि आरोप छ। पुराना कर्मचारीलाई प्रतिबन्ध लगाएर अहिले दीपक महिनामा ३ पटक फिल्ड गएको देखिन्छ। केन्द्रका निर्देशक डा. तिनकरी फिल्ड जाने क्रममा अनिल थापालाई अफिसको जिम्मेवारी दिनुभएको थियो। यो अवस्थाको फाइदा उठाउँदै तथ्यांक अधिकृत पुष्पराज जोशीले दीपकलाई घुमाउन सफल भएको आरोप छ। यतिबेला केन्द्रमा नयाँ आएका कर्मचारीहले बिनातालिम तथा अनुभव आफँले रोजेको र खोजेको शाखा, कार्यकक्ष माग गर्दै र समायोजनमा परेका आफँ निकटबाहेकका कर्मचारीलाई निर्देशकको हस्ताक्षरबिनै रमाना दिने र सम्बन्धित कार्यालयलाई फ्याक्समार्फत जानकारी गराउने कार्यमा पुष्प र दीपक लागिपरेको समेत आरोप लागेको छ।

यही चलखेलकै कारण नासु पदका नयाँ कर्मचारी बद्री कोइरालाई स्टोरको जिम्मा दिइएको छ। स्टोरमा कार्यभार सम्हाल्दै आएका कमल ढुंगेललाई बुझबुझारथसम्म गर्न नदिई दीपकले फाइलहरू आफ्नो घर्रामा लुकाएर ताला लगाई साँचो कसले लुकायो भन्दै कर्मचारीहरूलाई आरोप प्रत्यारोप लगाएको समेत आरोप छ। यस्तो आरोपको छानबिनको माग गर्दै छानबिन समति गठन गर्नेसम्मको अवस्थामा निर्देशक पुगेलगतै दीपक आफैले साँचो निकालेर फाइलहरू बाहिर झिकेको बुझिएको छ। यस्तो हर्कत गर्दासमेत मन्त्रालय र क्षयरोग केन्द्र चुपचाप बसेपछि ढुंगेलले आफ्नो रमाना लिएको बुझिन्छ। अञ्जु बस्नेत र बद्री कोइरालालाई स्टोरमा राखेर दीपक र पुष्पराजले हालीमुहाली गर्ने योजना बनाएको आरोप छ।

क्षयरोग केन्द्रको अनौठो दृश्य आठौं तहका कर्मचारी हिँडेर कार्यालय आउनु नियमसंगत हुने, सातौं तहका कर्मचारी गाडीमा सवार हुँदा नियम विपरीत नहुने, अरूले फिल्ड जानु नियम विपरीत हुने दीपक र उनका निकटले टीओ खान महिनामै ३ पटक फिल्ड जानु नियमसंगत कसरी हुन्छ भन्दै कर्मचारीहरूले निर्देशक डा. तिनकरीसँग प्रश्न गर्दै न्यायका लागि मन्त्रालय र अख्तियारको ढोका घच्घच्याउने जनाउ दिइसकेका छन्।

अरूलाई नियम सिकाएर काम गर्न रोक्ने, आफँ बिनास्वीकृति फिल्ड हिँड्ने भन्दै तीनै कर्मचारीहरूले यतिबेला दीपक र पुष्पलाई ठँलो चलखेल गरेको आरोप लगाएका छन्। संस्थाका रजिस्ट्रारहरू लुकाएर वातावरण तनावग्रस्त बनाउनु संस्थाको नियम विपरीत हो। यो कार्य गर्ने सेक्सन अफिसर जस्तो मान्छेका लागि सुहाउँदो काम होइन। केन्द्रका निर्देशक सोझो भएकै कारण कर्मचारीले बिल, रजिस्टरसहितको डकुमेन्ट लुकाएर तनावको स्थिति सृजना गरेका हुन्। दीपकले सरुवा भइसकेका कमल ढुंगेललाई अप्ठ्यारो पार्न र आफँले चाहेको व्यक्ति स्टोरमा भर्ना गर्नकै लागि यो हर्कत गरेका हुन्। छानबिनको कुरा गर्नासाथै दीपकले लुकाएको फाइल र बिल निकाले। निर्देशकले एकपटकलाई माफी गरौं भन्दै दीपकलाई कारबाही गर्न पछि हटेको समेत बुझिएको छ। सहज ढंगले काम गराउने वातावरण बनाउनुपर्ने निर्देशकलाई पनि दीपकले असहयोग गर्दै आएको बुझिएको छ।

हरेक संस्थाका कर्मचारीले पालना गर्नुपर्ने विधिप्रक्रिया छन् त्यसलाई अपनाएर अघि बढ्नु सबैको दायित्व हुन आउँछ। अझ भन्ने हो भने नेपाल सरकारका मातहतमा काम गर्ने कर्मचारीहरूले आम नागरिकको करबाट चल्नुपर्ने अफिसलाई व्यक्तिगत सम्पत्तिका रूपमा दुरुपयोग गर्नुहुन्न। विशेषज्ञताका आधारमा काम गर्नुपर्ने ठाउँमा शक्तिका आडमा कर्मचारी सरुवा गर्दा आम जनमानसमा विश्वसनीयता नै कमी हुन्छ। बिरामीले विश्वास लिनै सक्दैन। विदेशी दातृ निकायलाई अड्को पड्को तेलको थुप भने जस्तो बाध्यताको काम भएको छ। क्षयरोग केन्द्रमा प्रिभिलिन्स हुँदै छ ४० करोडको काम कागज हुँदै छ तर विशेषज्ञ छैनन्।

यी विषय स्वास्थ्य मन्त्रालय, मन्त्री, सचिवको कार्यकक्षसम्म समस्या नपुगेका होइनन्। ग्लोबल फन्डको प्रयोग गर्ने विशेषज्ञ हुनुपर्ने, यस्तो नहुँदा विशेषज्ञले गर्नुपर्ने काम तथ्यांक अधिकृतले गर्दै आएका छन्। विश्वको नियममा यस्तो काम गर्न छातीका विशेषज्ञ, कार्डियोलोजिस्टलगायतको ७ जनाको समँह हुनुपर्छ तर नेपालमा असार मसान्तलाई लक्षित गरी सामग्री खरिद गरेर बजेट सक्छन्। कहाँ केका लागि खर्च भयो भन्ने बारेमा अनुगमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय नै मौन स्वीकृति दिन्छन्। खाम र पाँचतारे होटलको देखावटी कार्यक्रमले चलेको छ क्षयरोग केन्द्र। लन्च, डिनर र खाममा अडेको आरोप लाग्दै आएको छ।

४० करोडको प्रिभिलिन्स सर्भेले के उपलब्धि ग¥यो क्षयरोग केन्द्रमा? चलखेल गर्ने संयन्त्र कहिल्यै सरुवा नहुने? बिरामीहरूको अवस्था के छ? टिबीको औषधि र पहिचान नहुँदा कति स्वास्थ्यकर्मी प्रभावित भए? बिरामीलाई कस्तो छ भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले चासो नै दिएको छैन। क्षयरोग केन्द्रमा बुझेका होइन थाहै नभएकालाई निर्देशक बनाउने खेलमा बिचौलिया नै लागिपर्ने गरेको केही कर्मचारीको आरोप छ। ९५ प्रतिशत कर्मचारीले हस्ताक्षर नै गरेर स्वास्थ्य मन्त्री गगन थापालाई क्षयरोग केन्द्रको अनुगमन निर्देशनको माग गर्दासमेत एक पटक पनि अनुगमन टोली बनाएर छानबिन भएको नपाइनुले पनि यसलाई पुष्टि गर्छ। युवाहरूको विश्वासका पात्र गगन थापा र खगराज अधिकारीजस्ता व्यक्तिलाई पनि क्षयरोग केन्द्रका बिचौलियाले चलखेल गरेकै कारण क्षयरोग केन्द्र धराशयी बन्दै गएको लामो समयदेखि केन्द्रलाई नियाल्दै आएका विज्ञहरूको ठम्याइ छ।

क्षयरोग केन्द्रलाई अस्पताल बनाउने, बहुऔषधि प्रतिरोधात्मक क्षमताको विकास गर्ने कुराभन्दा बढी लेनदेनमा चलेकै कारण काम गर्ने मानिस पलायन हुने अवस्था आएको पनि आरोप लगाइएको छ। यतिबेलाको क्षयरोग केन्द्रमा क्षयरोग बुझेका प्राविधिकलाई टिक्नै दिँदैनन्।

विशेषज्ञबिनाको नेसनल रिफरल सेन्टरको मान्यता दिनु कति उचित भन्ने निकै जटिल प्रश्न उठिरहेको छ। यति ठँलो लगानी भएको निकायको अनुगमन कसले गर्ने? कार्यक्रम के भएको छ भन्ने बारेमा भएको भद्रगोलको जिम्मेवार को भन्ने प्रश्न नै प्रश्न उब्जिएको छ।
निर्देशक तिनकरी भन्नुहुन्छ– ‘कर्मचारी फाजिलमा परेका छन्, समायोजन मिलिसकेको छैन। केही नयाँ कर्मचारी आएका छन् तालिम र सिकाइबेगर नै क्षयरोगजस्तो औषधिको काम तुरुन्तै गर्न सकिन्न। सरुवा भएका केही कर्मचारीलाई म बाहिर गएको बेला दीपकजीले रमाना दिई सक्नुभएको रहेछ। केही समय पहिला स्टोर लथालिंग भएको रहेछ अहिले स्टोर सम्हाल्नुभएको कर्मचारीले सुधारेको अवस्था छ। नयाँ कर्मचारीले सीधै स्टोर रोज्नुभयो। उहाँलाई पहिला तालिम लिएर सिक्नोस् अनि मात्र जिम्मेवारी दिन्छु भनेको छु।

त्यति नै बेला जिन्सी खाता हराएको हल्ला चल्यो। आन्तरिकरूपमा निकै चहलपहल भएपछि दीपकलाई फोन गरेर बुझियो। उहाँले रजिस्टर आफ्नो घर्रामा राखेर गएको पत्ता लागेपछि प्रशासनको कर्मचारीलाई पठाएर साँचो ल्याई खाता निकाल्यौं। कर्मचारी सरुवा हुने जाने कारणले पनि सामान्य मनमुटाव भएको हो। खाताको कुरा सामान्य भइसक्यो अन्य कुरा मिलाउँदै छु। पुराना कर्मचारीले कामै नसिकी नयाँलाई स्टोर शाखाको जिम्मेवारी दिँदा औषधि नै नचिनेर समस्या आउनेदेखि थुप्रै सुझाव दिएका छन्। मैले पनि तालिमपछि मात्र जिम्मा दिने बताउँदै आएको छु। कर्मचारी आउजाउमा गाडी प्रयोग नियममा त छैन। मेरा लागि पनि यो क्षेत्र नयाँ भएकाले यी सबै विषयहरू मिलाउँदै छु।’

क्षयरोग के हो र कसरी सर्छ
बेसिलस माइक्रो बैक्टेरियमबाट लाग्ने क्षयरोग संक्रामक रोग हो। यो रोगका कारण फोक्सो (पुल्मोनारी टीबी)लाई असर गर्छ। साथै अन्य अंगहरूलाई पनि असर पार्न सक्छ। टीबीका संक्रमितले श्वास फेर्दा हावाबाट फैलिन्छ। संक्रमित केही व्यक्तिहरू क्षयरोग विकास र विस्तारको कारक हुन्छन्। क्षयरोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा व्याप्त छ जसमा आर्थिकरूपमा क्रियाशील उमेर समँहका वयस्क मानिस पर्दै आएको क्षयरोग केन्द्रले जनाएको छ।

राष्ट्रिय क्षयरोग कार्यक्रम नेपाल सरकारको प्राथमिक उपचार प्रणालीसँग पँर्णरूपमा एकीकृत रहेको छ। राष्ट्रिय क्षयरोग केन्द्र राष्ट्रिय क्षयरोग कार्यक्रमको केन्द्र बिन्दु हो। केन्द्रले राष्ट्रिय क्षयरोग कार्यक्रमसम्बन्धी नीति तर्जुमा, रणनीति निर्धारण तथा योजना बनाउने काम गर्छ। केन्द्रमा रहेको केन्द्रीय प्रयोगशाला क्षयरोग कार्यक्रमको प्रयोगशाला सञ्जालको केन्द्रबिन्दुका रूपमा रहेको छ। जसले मुख्यरूपमा नीति र मार्गदर्शन विकास, तालिम सञ्चालन, गुणस्तर नियन्त्रण र अनुगमनको काम गर्छ। यस केन्द्रका प्रमुख कार्यहरूमा प्राविधिक सहयोग क्षयरोग, अनुगमन तथा मँल्यांकन, तालिम सञ्चालन, सुपरिवेक्षण, आपँर्ति व्यवस्थापन, स्वास्थ्य शिक्षा तथा सञ्चारका साथै अनुसन्धानलगायत पर्दछन्। क्षयरोग केन्द्रको वेबसाइडमा राखिएको माथिका प्रतिबद्धतालाई कागजमा सीमित राख्दै केन्द्रलाई कमाउ थलो बनाउन तल्लीन रहेका छन्।

ज्ञान, सीप र अनुभवका आधारमा सेवा प्रवाह गर्नुपर्ने क्षयरोग केन्द्रमा यतिबेला राजनीतिक शक्ति केन्द्रको आडमा अर्थात् क्षमतालाई कुण्ठित बनाएर बेकामे बनाउने स्वास्थ्यका खेलाडीको चलखेलको थलोका रूपमा विस्तारित भएको आरोप क्षयरोग केन्द्रलाई लाग्दै आएको छ। यस विषयमा राष्ट्रिय क्षयरोगका पीडित कर्मचारीका तर्फबाट प्राप्त सँचनालाई केलाउँदा फेला परेका विकराल अवस्था सरकारले समयमै नसच्याउने हो भने कुनै बेला सार्कमै नाम कमाएको क्षयरोग केन्द्रको इतिहास कागजमा मात्र सीमित नहोला भन्न सकिन्न।

क्षयरोगका बिरामी वर्षेनी ४४ हजारका दरले बढ्दै गएको र १० हजारको पहिचानै हुन सकेको छैन

डा. भीमसिंह तिनकरी

निर्देशक, क्षयरोग केन्द्र
नेपालमा क्षयरोगलाई अझै पनि एक प्रमुख स्वास्थ्य समस्याका रूपमा लिइँदै आइएको छ। प्रत्येक वर्ष सरदर ४४ हजार व्यक्ति क्षयरोगबाट संक्रमित हुने र त्यसमध्ये ५ देखि ७ हजारको ज्यानै गुमाउने गरेको अनुमानित तथ्यांक क्षयरोग केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ। अझै पनि करिब १० हजार क्षयरोगीको निदान र उपचार नहुने तथा निदान भए तापनि राष्ट्रिय क्षयरोग कार्यक्रममा रिपोर्टिङ नहुने अवस्था छ।

नेपालमा क्षयरोगको संक्रमण घट्दो दरमा रहेको कुरा अध्ययन र रिपोर्टहरूले औंल्याएका छन्। तर पनि सबै क्षयरोग संक्रमितको पहिचान र समयमै उपचार गरी निको बनाउनु निकै ठँलो चुनौतीको विषय हो। मुख्यतः क्षयरोगको जोखिममा रहेका महिला, बालबालिका, एचआईभी संक्रमित, मधुमेहका बिरामी, शरणार्थी, कैदी बन्दीका साथै आधारभँत स्वास्थ्य सेवाबाट वञ्चित जनतातर्फ विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ।

राष्ट्रिय क्षयरोग कार्यक्रमको २०१६ देखि २१ रणनीतिक योजनामार्फत सन् २०३५ सम्म क्षयरोग निवारणको प्रतिबद्धता जनाएको छ। कार्यक्रमले मुख्यरूपमा ड्रग सेन्सेटिभ र रेसिडेन्ट केसलाई केन्द्र बिन्दुमा राख्दै ड्रग सुसेटेबल केसको हकमा ९० प्रतिशतसम्मको उच्च सफलता दर कायम राखेको छ। एमडीआर टीबी केसको हकमा ७५ प्रतिशतको सफलता प्राप्त गर्दै सार्वजनिक तथा निजीक्षेत्रको सहकार्यमार्फत सामुदायिक प्रणालीको सशक्तीकरण गर्दै चुस्त दुरुस्त निगरानी र मँल्यांकन प्रणाली कायम गर्दै आएका छौं।

क्षयरोग उन्मँलनको अभियानतर्फ ‘क्षयरोग अन्त्यका लागि सँगसँगै’को नाराका साथ सरकार, साझेदार संस्था, गैरसरकारी संस्था, निजीक्षेत्र तथा सम्पँर्ण सरोकारवालामा अनुरोध गर्दछौं।

प्रतिक्रिया दिनुहोस्