एनआईसी एसिया बैंकको उद्यमशील बचत खाता योजना



 

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले महिलालाई उद्यमशील बनाउने योजना सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गर्दै ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघका अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रममा आवश्यकता अनुसार महासंघका प्रतिनिधिले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाखदेखि १० लाखसम्म उद्यमशील प्राकृतिक व्यक्तिका लागि उपलब्ध गराउने बैंकले जनाएको छ ।

यस सम्झौताले सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपँर्ण कर्जा योजनाकाल ागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर २७७ शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१५ अर्ब रुपियाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब तथा कर्जा १४९ अर्ब तथा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्