सिद्धार्थ बैंकद्वारा सहुलियत कर्जा दिन शुरू



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले नेपाल राष्ट्र« बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदानसहितको सहुलियतपँर्ण कर्जा प्रदान गर्न सुचारु गरेको छ ।
सहुलियतपँर्ण कर्जाहरुमा सिद्धार्थ महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, सिद्धार्थ विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसाय कर्जा ५ लाखसम्म, सिद्धार्थ दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, सिद्धार्थ भँकम्पपीडित आवास निर्माण कर्जा ३ लाखसम्म, सिद्धार्र्थ शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म र सिद्धार्थ व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपियाँसम्म बैंकले प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ तथा १५० वटा एटीएममार्फत ६ लाख २२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा पु¥याउँदै आइरहेको छ । त्यस्तै माघ मसान्तसम्ममा बैंकको चुक्ता पँुजी ८ अर्ब ८८ करोड रहेको छ । यस अवधिमा १०८ अर्ब निक्षेप संकलन गरी १ सय अर्ब रुपियाँ कर्जा लगानी गरेको बैंकले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्