जानी नजानी अलग प्रेम कथा



अभिनेतृ तथा निर्मात्री रोशनी केसीलाई यो महिना भ्याई नभ्याई छ। किनभने आगामी चैत १ गते उनीद्वारा निर्मित दोस्रो फिल्म जानी नजानी रिलिज हुँदै छ। फिल्मको रिलिज डेट नजिकिँदै जाँदा उनले गत साता राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको आकर्षक ट्रेलर रिलिज गरेकी छिन्।

सार्वजनिक ट्रेलरमा मनीष श्रेष्ठ र निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतारचढाव देखाइएको छ। फिल्मको कथाअनुसार यी दुवैजना कर्पोरेट व्यवसाय पेसामा छन्। उनीहरू पेसाकै क्रममा निकट भएको र त्यसपछि प्रेम सम्बन्धमा उतारचढाव आएको ट्रेलरमा देखाइएको छ।

अर्कोतर्पm फिल्ममा चिराग बनेका सन्नी सिंह र मीरा बनेकी निरिशाबीच प्रेम सम्बन्ध टुटेको र सो सम्बन्धले मीराको जीवनलाई पीडायुक्त बनाएको पनि ट्रेलरमा देखाइएको छ। त्यो सम्बन्ध तोड्न वर्षा बनेकी अभिनेतृ नम्रता श्रेष्ठको महŒवपूर्ण भूमिका खेलेको ट्रेलरमा देखाइएको छ। फिल्ममा यी बाहेक प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।

फिल्म वसन्त अधिकारीले निर्देशन गरेका छन्। फिल्ममा कर्पोरेटस्तरको प्रेमलाई देखाइएको निर्देशक अधिकारीले बताए। उनले आठ वर्ष अघिदेखि आफू र सामीप्यराज तिमिल्सिनाले यो फिल्मका लागि स्क्रिप्ट तयार गरेको र एउटा राम्रो स्क्रिप्टमा फिल्म बनाएको दाबी गरे। अधिकारीले लामो समयदेखि मुख्य सहायक निर्देशकका रूपमा काम गर्दाको अनुभव समेटेर स्तरीय फिल्म बनाएको बताए। अभिनेता मनीष श्रेष्ठले जानी नजानीमा आफूले सक्दो राम्रो काम गरेको दाबी गरे भने अभिनेतृ निरिशा बस्नेतले आफ्नो पहिलो फिल्म भएको र यसबाट निकै उत्साहित भएको बताइन्।

आधुनिक प्रेम कथामा आधारित भनिएको फिल्मा कथा, पटकथा र संवाद पत्रकार सामीप्यराज तिमिल्सिनाको रहेको छ। तिमिल्सिनाले ड्रिमपछि आफूले लेखेको यो उत्कृष्ट प्रेमकथाको फिल्म भएको बताए। रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म अभिनेतृ रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको हो। दर्शकले जानी नजानीमार्फत मनोरञ्जनसँगै शसक्त सन्देश पनि पाउने प्रस्ुततकर्ता रोशनीले बताइन्। उनले यसअघि डाक्टर खाते नामक फिल्म निर्माण गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्