धर्मका बारेमा पैरवी



भूमिनन्द देवकोटा

नेपाल पौराणिक कालदेखि नै तपोभँमिका रूपमा परिचित छ। जहाँ विभिन्न ऋषिमुनिले तपस्या गरेको र उनीहरूले प्राप्त गरेको ज्ञान÷दर्शनले मानव सभ्यताको उद्गम, विस्तार र अनुशीलनको गाथा पाइआएको छ। यस भँमिमा अनेक ज्ञान÷दर्शनका प्रणेताको अभ्युदय र तिनीहरूको मार्ग अनुशीलनबाट ती युगको नेतृत्व भइआएको पनि हामीले गर्वका साथ भन्नै पर्छ। यही ज्ञान÷दर्शनको सेरोफेरोमा चेतना र यसको प्रादुर्भाव विषयले स्थान ओगटेको तथा मतमतान्तरको माथापच्ची हालसम्म समाजमा पक्ष र विपक्षमा रहीआएको छ नै। यस माथापच्चीको विषय भनेको धर्म हो, यही धर्मका बारेमा पैरवी स्थापित गर्ने हेतु यो आलेख प्रस्तुत छ।

महामुनि व्यासले ‘परोपकार पुण्यायः पापाय परपीडनम्’ भनेर धर्मबारे धाराणा स्पष्ट गरेका छन्। ओशोले रसो वै सः भन्ने पुस्तकमार्फत ‘स्वयंको प्रकृतिमा रहन सक्नुको नाम नै धर्म हो’ भनेका छन्। चारबाकले ‘भष्मि भँतस्य देहस्य पुनरागमन कुतः’ भनी अथ्र्याएका छन्। बुद्ध दर्शनले पञ्चतŒवले निर्मित शरीर मृत्युपछि ती पाँचै ठाउँमा विलीन हुन्छन् त्यसपछि केही छैन भन्ने विषयलाई उजागर गरेको पाइन्छ।

यिनै परिवेशभित्र धर्मको बोरेमा हजारौं वर्षदेखि महापैरवी भइरहेका बखत महासम्बोधि धर्म संघ गुरूज्यँले आफ्नो अवधारणा धर्मका बारेमा प्रस्तुत गरिएको सन्दर्भ यति बेला चाखपँर्ण रहनेछ। जुन अवधारणाले धर्मबारे विवेचना गर्दै भनेको छ– शरीरमा आत्माले बास गरेको छ। आत्माको केन्द्र छ, त्यो केन्द्र परमात्मा हो अनि अनात्माको पनि बाँकी जगत् सबैका सामु उपस्थित छ। हो, त्यही परमात्मामा पुग्न बीचमा जुन बाटो आवश्यक छ, त्यो नै धर्म हो। धर्म आकाश जस्तै विशाल छ र त्यस्तै आकाश एकल भए जस्तै धर्म पनि एउटै मात्र छ। यो अनन्त छ। आकाशको जसरी व्याख्या गरे पनि निचोड एउटै हुन्छ, त्यस्तै धर्मबारे पनि एउटै निचोड हुन्छ। निचोडमा आत्मा र परमात्माबीचको बाटो अर्थात् सेतु नै धर्म हो। बोधिमार्ग दर्शनमैत्री धर्मका नामले यो धर्म आफ्नो उषाकालमा छ।

बोधिमार्ग दर्शनमैत्री धर्मले धर्मबारे व्याख्या गर्दै भनेको छ– धर्म भनेको भँत, वर्तमान र भविष्यमा समेत भएको, भइरहेको र हुने सतत् सत्य कर्महरूबाट प्राप्त हुने पुण्य नै धर्म हो। यो दृश्य छैन। धर्म समाप्त नहुने तŒव हो। धर्म तŒवअर्थात् परमात्माको प्राप्तिका लागि गुरूहरूको शरणागत रहनु आवश्यक छ। ती गुरूहरूबाट नै धर्ममार्ग, कर्म, ज्ञान, सुख शान्ति र अमरत्व मोक्ष मुक्ति प्राप्य हुन सक्छ। तसर्थ गुरूहरूप्रति उच्च आदर प्रकट गर्दै विश्वासका साथ श्रद्धा, भक्तिले सत्मार्गको अर्थात् धर्मको यात्रामा सहज लाग्न सकिन्छ। तर, मानिस संकटका बेलामा मात्र ईश्वरको अपेक्षा गर्दछन्। त्यस बेला गरिने ईश्वरको अपेक्षा सार्थक हुन सहज छैन। यस मैत्री धर्मले समय छँदै पुण्य कर्ममा लाग्न आ≈वान गरेको छ। विसं २०७० फागुनमा लमजुङमा सम्पन्न विश्व शान्तिमैत्री पँजाका क्रममा महासम्बोधि धर्म संघ गुरूज्यँबाट बोधि मार्गदर्शन मैत्री धर्मका बारेमा दिइएको देशनाको तल उल्लेख गरिएका सारसंक्षेपलाई अध्ययन गर्ने हो भने मैत्री धर्मका बारेमा सत्य तथ्यको नजिक पुग्न सकिनेछ।

धर्म मात्र एक त्यो तŒव हो जसमा यात्रा गरेर परमात्मासँग साक्षात्कार हुन सक्छ। त्यस कारण, भावशँन्य, दिशाहीन वायु जस्तै भौंतारिएर रहेका आत्माले महामैत्रीको मंगलनाथ श्रवण गरून् र मुक्त होऊन्। अत्यधिक पानीको प्यास लागेका बखत पानीको मँल्य ज्ञात भए जस्तै दया, करुणा, अहिंसा, श्रद्धा, आस्था, भक्ति, विश्वासले मैत्री मार्गप्रतिको यात्रा निष्कन्टक अगाडि जान्छ अनि धर्मको मँल्यबोध हुन्छ।

धर्मको मार्ग रोज्नु अर्थात् सो पथमा यात्रा गर्नु भनेको मोक्ष मुक्तिको खोज गरी सो मार्गमा लिन हुनु हो। धर्म खण्डित संस्कृतिबाट होइन कि आत्मा र परमात्मा बीचको सम्पर्क स्थापित गर्ने सेतु हो। मानिसले मैत्री धर्मबाट अलग रहेर जे–जस्तो कठिन अभ्यास गरे तापनि सत्य तŒवको प्राप्ति अर्थात् सत्य धर्मको मार्ग पहिल्याउन सम्भव हुनेछैन। धर्म पँर्णतः प्रकृतिमा रहनु हो, जस्तो सँर्य उदाउनु र अस्ताउनु, आकाशमा जुनतारा चम्कनु, प्रकृतिमा फँल फुल्नु हो। धर्म अनन्त अघोर दुःखको भवसागरको स्वप्नबाट व्युँझिएर वास्तविकतामा सकुशल अवतरण भएझैं यस अनित्य संसारको क्षणभंगुरता बोध गर्नु हो।

मानिसले आफँले अनुशरण गरेको धार्मिक मार्गले मोक्ष मुक्तिका लागि आवश्यक खास तŒव समेटिएको छ वा छैन भन्ने विषय स्वयं निजको नितान्त व्यक्तिगत अन्तर खोज हो। गुरुमार्ग दर्शन भइरहँदा मार्गमा यात्रा गर्ने आत्माले पहिले सञ्चित गरेको पापपुण्यका आधारमा उसले पाउनपर्ने तŒव ज्ञान र भोग्नुपर्ने विषय जुन अकाट्य र सत्य छ त्यो सुनिश्चित भएको हुन्छ र भोग्नै पर्दछ। धर्तीमा रहेर अनन्त आकाशमा विचरण गर्नु जस्तै मनुष्य चोलामा रहेर पनि मैत्री धर्मको बोधसँगै परमात्माको विराट स्वरूपको दर्शन पाउनु, आफँलगायत समस्त लोकको रहस्यबोध गर्नुभनेको चित्तमा रहेका असंख्य दुःखका भवसागरबाट तापमा पानी जस्तै वास्विभँत भई खुला आकाशमा विचरण भए जस्तै मुक्त हुनु हो। बोधिमार्ग दर्शनमैत्री धर्ममा मानिसले जीवनको अन्तिम घडीसम्म धर्मको तŒवलाई बोध गरी तदनुसार सत्यमार्गको अनुशरण÷अभ्यास गरे मात्र धर्मको लाभ प्राप्त हुनेछ। लोकमा सत्य धर्मलाई पुनः अधिष्ठान गर्नका निमित्त युगौंको अन्तरालमा गुरू मार्गको अवतरण भएको छ। यस स्वर्णिम क्षणको सर्वप्राणि एवं वनस्पतीले मनन गरेझैं मनुष्यले पनि क्लेशरहित भएर यस महामैत्री धर्म मार्गमा यथाशीघ्र लागँन र सत्य तŒवको बोध गरून्।

उल्लिखित वचनहरूको गहिराइलाई आत्मसात गर्न सके धर्मबारे महासम्बोधि धर्म संघ गुरूज्यँले कठोर महातपबाट आर्जन गरेको दिव्य ज्ञानबाट प्रतिपादित बोधिमार्ग दर्शनमैत्री धर्मबारे ज्ञानको संघारमा प्रवेश हुनेछ। महासम्बोधि धर्म संघ गुरूज्यँले आत्मा, परमात्मा र अनात्माको अस्तित्वलाई उजागर गर्दै आत्मा सबैमा बराबर छ, जो जेठो–कान्छो, ठँलो–सानो, जातपातमा निहित नरहेको उल्लेख गरिएको छ। मानिसका बीचमा कुनै पनि जातपात छैन किनकि आत्मा उही हो उचो–नीचो छैन।

प्रतिक्रिया दिनुहोस्